― Advertisement ―

Homeखेलकुद़़काभा भलिबल: नेपाल पदकविना समाप्त

काभा भलिबल: नेपाल पदकविना समाप्त


काठमाडौं, २९ मे

राजधानीमा जारी मध्य एसियाली भलिबल संघ (काभा) महिला भलिबल प्रतियोगितामा आयोजक नेपालले कुनै पदक जित्न सकेन । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३–१ गोल ​​अन्तरले पराजित भएको हो ।

भारतले नेपाललाई पहिलो सेट २५-२२ ले हराएको थियो भने दोस्रो सेट २५-२३ ले जितेको थियो। यस्तै नेपालले तेस्रो सेट २५–१५ ले जितेको थियो । खेलको चौथो सेटमा भारतले नेपाललाई २५-२२ ले हराएको थियो। यो जितसँगै भारत प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ भने नेपाल चौथो स्थानमा रहेको छ । यसअघि बिहीबार भएको सेमिफाइनलमा नेपाल इरानसँग ३–० को सेटमा पराजित भएको थियो ।





थप पढ्नुहोस्