― Advertisement ―

‘यो अस्वीकार्य छ’ – SAG/AFTRA ले भाइरल Seedance 2.0 AI-उत्पन्न पिट-क्रूज लडाइमा प्रतिक्रिया दिन्छ

Toing Brad को एक भाइरल AI भिडियो छ पिटयो सामाजिक सञ्जालमा हात-खुट्टा चर्किएको छSAG/AFTRA आक्रोशित छSedance 2.0, स्प्लास बनाउनको लागि सबैभन्दा नयाँ जेनेरेटिभ AI...
HomeLatest newsकान्तिलोकपथ सडकमा ट्रक र स्कुटर ठोक्कियो, एक जनाको मृत्यु

कान्तिलोकपथ सडकमा ट्रक र स्कुटर ठोक्कियो, एक जनाको मृत्यु



८ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरस्थित कान्तिलोकपथ सडक खण्डमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जितपुरभन्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०९५२ नम्बरको बल्गर ट्रक र विपरित दिशाबाट आउँदै गरेको म प्र ०३–०३९ प ५६४४ नम्बरको स्कुटर सडकको टर्निङमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवाननपुरले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्की घर भएका ५० वर्षीय अनुराग श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाएको र चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ ।

प्रहरीका अनुसार ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More