― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsकानुन बुझेका खाती अब राष्ट्रिय सभाका माननीय – KhabarHost

कानुन बुझेका खाती अब राष्ट्रिय सभाका माननीय – KhabarHost



१२ माघ, धनगढी । नेपाली कांग्रेसका खम्मबहादुर खाती २०५४ सालको स्थानीय निर्वाचनमा बाजुराको साविक कुलदेवमाण्डौ गाविस अध्यक्षमा उम्मेदवार बने । चुनावमा धाँधली भयो, मतपेटिका जलाइयो । उनी पुन: मतदानको माग गर्दै सर्वोच्च अदालत पुगे ।

सर्वोच्चले २०५६ चैतमा खातीको पक्षमा फैसला सुनायो । २०५७ वैशाखमा भएको चुनावमा उनी गाविस अध्यक्षमा निर्वाचित भए ।

२०५४ पछि कुनै चुनाव नलडेका खाती आइतबार भएको निर्वाचनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

२५ असोज २०२६ मा बाजुराको कुलदेवमाण्डौ-२ मा जन्मिएका खातीले कानुनशास्त्रमा स्नातक, राजनीतिशास्त्र, समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर तथा अंग्रेजी साहित्यमा स्नातक तहको अध्ययन गरेका खाती लामो समयदेखि कानुनी क्षेत्रमा आवद्ध छन् ।

२०४२ सालदेखि नेपाल विद्यार्थी संघ(नेविसंघ) बाट राजनीतिक यात्रा प्रारम्भ गरेका खाती २०४४ सालमा नेविसंघ बाजुराको अध्यक्ष भए । कांग्रेसको महाधिवेशन प्रतिनिधिसम्म बनेका खातीले कांग्रेसको सक्रिय राजनीति भने गरेनन् । तर कानुनी क्षेत्रमा भएको अनुभवका आधारले उनले पार्टीलाई सघाए ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला १ साउन २०७८ देखि ९ पुस २०७९ सम्म खाती मुख्य न्यायाधिवक्ता भए ।  त्यसबाहेक उनले २०५१-५३ मा कानुन व्यवसायीहरूको साझा संस्था काठमाडौं बार एसोसिएसनको सचिव भएर काम गरेका थिए ।

राष्ट्रिय सभा सदस्यको ६ वर्षको अवधिमा संविधान प्रदत्त अधिकार प्रयोग गर्दै कानुन निर्माण उल्लेखनीय भूमिका खेल्ने उनी बताउँछन् ।

२०७२ सालमा नेपाल बार एसोसिएसनको केन्द्रीय महासचिव भएर काम गरेका खातीले करिब साढे ६ वर्ष नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन आयुक्तको रूपमा काम गरे । गगन-विश्व समूहले पार्टीको विशेष महाधिवेशन गर्नुअघिसम्म उनी नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको प्रमुख आयुक्तको जिम्मेवारी निर्वाह गरिरहेका थिए ।

२०४८ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका खाती अब भने कांग्रेसकै प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य बनेका छन् । कानुन पढेका र बुझेका खाती आफैं कानुन बनाउने ठाउँमा पुगेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि उनले जनता र राष्ट्रका लागि आवश्यक ऐन, कानुन निर्माण गरेर सेवा गर्ने प्रतिक्रिया दिएका छन् । संविधानले दिएको अधिकारअनुसार स्थानीय तह र प्रदेश सरकारले विभिन्न कानुन निर्माण गरिरहेको भए पनि कार्यान्वयनको पक्ष निकै कमजोर देखिएको उनी बताउँछन् ।

सोही कारण समय सान्दर्भिक र आवश्यक कानुन मात्र निर्माण गर्नुपर्ने उनको मत छ । ‘स्थानीय तह र प्रदेश सरकारलाई संविधानले दिएका धेरै अधिकार दिएको छ । त्यहीअनुसार कानुन निर्माण भइरहेका पनि छन् तर कार्यान्वयन भइराखेका छैनन्,’ खातीले भने, ‘तिनीहरूको सन्दर्भमा के गर्न सकिन्छ । राज्य र जनतालाई मध्यनजर गरेर न्याय हुने खालका कानुन बनाउन भूमिका खेल्छु ।’

राष्ट्रिय सभा सदस्यको ६ वर्षको अवधिमा संविधान प्रदत्त अधिकार प्रयोग गर्दै कानुन निर्माण उल्लेखनीय भूमिका खेल्ने उनी बताउँछन् ।

‘राष्ट्रिय सभा स्थायी सदन हो । ऐन, कानुन, विधि, विधान बनाउने मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा दुई-तीन पक्षीय भूमिका खेल्न सक्छ,’ उनी थप्छन्, ‘मैले आफ्नो कार्यकालमा राज्य र जनतालाई के योगदान गर्न सकिन्छ । त्यो दायित्व पूरा गर्छु ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More