― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsकाठमाडौं–हेटौंडा सडकका १२ जना सवारी चालक पक्राउ   

काठमाडौं–हेटौंडा सडकका १२ जना सवारी चालक पक्राउ   



२९ पुस, हेटौंडा । काठमाडौं–हेटौंडा जोड्ने छोटोमार्गबाट सवारीसाधन चलाउने १२ जना चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषध सेवन गरेर सवारी चलाएको आरोपमा मंगलबार १२ जना चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

छोटोमार्ग (हेटौंडा–कुलेखानी–फर्पिङ–बल्खु)अन्तर्गत् भीमफेदी बजारमा १ सय १४ जना सवारी चालकको पिसाबबाट लागूऔषध सेवन गरे/नगरेको स्वास्थ्य परीक्षण गर्दा १२ जनाको पोजेटिभ रिपोर्ट आएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक सन्त श्रेष्ठकाअनुसार ७ जना टाटासुमोका चालक, ३ जना इभी भ्यानका चालक र २ जना मालबाहक साना सवारीका चालकले लागूऔषध सेवन गरेको भेटिएको हो ।

‘उनीहरुले के सेवन गरेको भनेर सबै खुलाएका छैनन । प्रायले गाँजा, कोरेक्सहरु सेवन गरेको हुन्छन् ।’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

१२ जना चालकमध्ये १० जना यात्रुबाहक सवारी चलाउने चालक रहनुले छोटोमार्गबाट चल्ने साना सवारीमाथि सुरक्षित यात्रामा प्रश्न खडा भएको छ । गत पुस २० गते मात्रै भीमफेदी गाउँपालिका–६ जुरिखेतको मोडबाट काठमाडौबाट हेटौंडा आउँदै गरेको ना १ ज १७७८ नम्बरको टाटासुमो दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको थियो । ३ जना घाइते उपचाररत छन ।

घुमाउरो र साँघुरा सडकमा सवारी दुर्घटना बढेपछि मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, ईप्रका भिमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय र सवारी यान्त्रिक परिक्षण कार्यालय हेटौंडाले संयुक्त सवारी र चालकको परीक्षण गरेका थिए । भिमफेदी अस्पतालका चिकित्सक प्रबिण पाठकसहितको टोलीले चालकहरुको पिसाब परीक्षण गरेका हुन् ।

लापसे (लागूपदार्थ सेवन) परीक्षणको नतिजाले सडक सुरक्षामा गम्भीर चिन्ता देखिएको प्रहरी निरीक्षक श्रेष्ठ बताउँछन् । उनकाअनुसार केहि दिनअघि काठमाडौंतर्फ भएको लापसे परीक्षणमा पनि चालकहरुको रिपोर्ट पोजेटिभ देखिएको थियो । यसअघि हेटौंडा बजार क्षेत्रमा लापसे परीक्षण गरिँदै आए पनि छोटोमार्गमा गुड्ने सवारीका चालकमाथि पहिलो पटक भीमफेदीमा परीक्षण गरिएको उनको भनाइ छ ।

छोटोमार्ग भएर दैनिक १ हजार ५ सयदेखि २ हजारको संख्यामा सवारी काठमाडौं–हेटौंडा आवतजावत गरिरहेको इप्रका भीमफेदीले जनाएको छ । जसमध्ये अधिकांश यात्रुबाहक साना सवारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनकाअनुसार अनुमानित दैनिक १५ हजार देखि २० हजार यात्रु छोटोमार्ग भएर आवतजावत गर्ने गरेका छन् । तराईको सर्लाही, रौतहट, बारा, पर्सादेखिको साना सवारी पनि छोटोमार्ग भएर चल्ने गर्दछन् ।





Read More