― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
HomeLatest newsकाठमाडौं म्याराथनमा सुनील विजेता – KhabarHost

काठमाडौं म्याराथनमा सुनील विजेता – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं म्याराथनको १७औं संस्करणमा सुनीकुमार शाहीले २ घन्टा २४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गरी पहिलो स्थान हासिल गरे।
  • विनोद रोक्का दोस्रो र करण रावल तेस्रो भए, जसले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार पाए।
  • महिला हाफ म्याराथनमा सुनसरी रोकायाले १ घन्टा ३३ मिनेट २० सेकेन्डमा दूरी पूरा गरी विजेता बनिन्।

१५ कात्तिक, काठमाडौं । काठमाडौं म्याराथनको १७औं संस्करणमा सुनीकुमार शाहीले उपाधि जितेका छन् । उनले २ घन्टा २४ मिनेट ५४ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरेर एक लाख रुपैयाँ पुरस्कार पाए।

विनोद रोक्का २ घन्टा २५ मिनेट २६ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो बन्दै ५० हजार रुपैयाँ पाए। करण रावलले २ घन्टा २६ मिनेट ४२ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरे र २५ हजार रुपैयाँ जिते।

हाफ म्याराथनमा सञ्जय श्रेष्ठ (१ घन्टा १० मिनेट १९ सेकेन्ड) पहिलो, नरेन्द्र सिंह (१ः१०ः५९) दोस्रो र राजन मियोङ्बा (१ः११ः२२) तेस्रो बने।

महिला हाफ म्याराथनमा सुनसरी रोकाया १ घन्टा ३३ मिनेट २० सेकेन्डमा दूरी पूरा गर्दै विजेता बनिन्। फुलमती राना (१ः३३ः२२) दोस्रो र गीता महर्जन (१ः५४ः३४) तेस्रो स्थानमा रहिन्।

मास्टर्स म्याराथनमा ४० प्लस समूहमा केश जङ्ग आले, ५० प्लसमा धर्म महर्जन र ६० प्लसमा अभी नारायण अधिकारी पहिलो बने। हाफ म्याराथनतर्फ ४० प्लसमा नादी शेर्पा र ५० प्लसमा धवेन्द्र ताम्राकार विजेता बने।

१० किमी दौडमा पुरुषतर्फ विवेक सुनुवार र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने पहिलो भए। पुरुष मास्टर्समा सुनील महर्जन र महिला मास्टर्समा कल्पना महर्जनले जिते।

५ किमी दौडमा पुरुषतर्फ नागेश्वर अहिर र महिलातर्फ प्रतिष्ठा थापा पहिलो बने।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More