― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsकाठमाडौं उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख फेरिए

काठमाडौं उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख फेरिए



२१ पुस, काठमाडौं । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् ।

सरकारले ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई, भक्तपुरका माधव घिमिरे र काठमाडौंको चाबहिलका दीपेन्द्र खत्रीलाई सरुवा गरिएको हो ।

सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको छ ।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि छड्के अनुगमन गरेका थिए । त्यसक्रममा कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको आरोप लगाउँदै हटाएका हुन् ।

उनीहरुलाई केपी शर्मा ओली नेतृत्वका सरकारका मन्त्री बलराम अधिकारीको पालमा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा भएका थिए । वर्तमान सरकारले हटाएको हो ।

उपत्यकाका यी कार्यालयहरुमा बिचौलियाको बिगबिगी हुने गरेको र त्यसमा कर्मचारीहरुको संलग्नता हुने गरेको गुनासो आउने गरेको मन्त्रालय स्रोत बताउँछु ।





Read More