― Advertisement ―

मैले यसलाई व्यक्तिगत रूपमा नहेरेसम्म Samsungको S90F OLED टिभी कत्तिको अचम्मको थियो भन्ने मलाई थाहा थिएन — यो हरेक पैसाको लायक छ, विशेष गरी...

म भर्खरै हाम्रो स्थानीय Costco मा गएँ, र मेरो श्रीमान् र म Samsung's S90F <a data-link="id-analyline" href="https://www.techradar.com/tag/oled" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/oled" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="oled TV. डिस्प्ले...
HomeLatest newsकाठमाडौंमा रविलाई बाजागाजासहित स्वागत (तस्वीरहरू)

काठमाडौंमा रविलाई बाजागाजासहित स्वागत (तस्वीरहरू)



५ पुस, काठमाडौं । कारागारबाट रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

सकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछाने उच्च अदालत बुटवलको आदेशपछि हिजोमात्रै धरौटी रकम बुझाएर रिहा भएका थिए ।

रिहा भएलगत्तै उनी चितवन पुगेका थिए । चितवनमा शनिबार सभा आयोजना गरिएको थियो ।

उक्त सभालाई सम्बोधन गरेर रवि हवाइमार्ग हुँदै काठमाडौं आएका हुन् । उनलाई विमानस्थलमा बाजागाजासहित समर्थकहरूले स्वागत गरेका छन् । उनले विमानस्थलमै केहीबेर सम्बोधन गर्दै आफू राजनीतिमा पुस्ताका लागि आएको र तत्कालका लागि मात्रै नहेरेको बताए ।

साथै, उनले परिवर्तनका लागि नयाँहरू मिल्ने पनि दोहोर्‍याए । आफू पदका लागि मरिहत्ते नगर्ने र देश र पार्टी बनाउनका लागि लागिपर्ने जिकिर गरे ।

लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम तय छ । उनी विमानस्थलबाट सोझै जेनजी घाइतेहरूलाई भेट्न जाने उनी निकट नेताहरूले बताएका छन् ।

त्यस्तै, उनलाई भोलि पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

 





Read More