― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsकाठमाडौंमा इजरायली नागरिकमाथि हातपात गर्ने २ व्यक्ति समातिए

काठमाडौंमा इजरायली नागरिकमाथि हातपात गर्ने २ व्यक्ति समातिए



२२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ कालधारास्थित सडकमा इजरायली नागरिकमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेको तेमाल गाउँपालिका–६ घर भइ स्वयम्भू बस्ने २६ वर्षीय पेम्बा तामाङ र नुवाकोटको ताँदी गाउँपालिका–४ घर भइ स्वयम्भू नै बस्ने ३० वर्षीय श्याम तामाङ छन् । उनीहरूलाई आतइबार राति पक्राउ गरिएको हो ।

उनीहरूले १५ मंसिरको राति १० बजेतिर सडकमा हिँड्दै गरेका २५ वर्षीय इजरायली नागरिक अर्मोजा अल्मोगलाई लछारपछार पार्र्दै हातपात गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

ती इजरायली नागरिक कालधारास्थित योग होस्टलमा बस्दै आएका थिए । पक्राउ परेकाहरूमाथि अभद्र व्यवहारको कसुरमा प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान अघि बढाइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More