― Advertisement ―

स्पेसएक्सका सीईओ एलोन मस्कद्वारा दिनको उद्धरण: “हामीले गरेका सबैभन्दा ठूलो गल्तीहरू मध्ये एक व्यक्तिको लागि अति सजिलो चीजहरू स्वचालित गर्ने प्रयास गर्नु थियो” –...

SpaceX CEO एलोन मस्क पछिल्लो दशकमा रोबोटिक्सको विकासमा एक केन्द्रीय व्यक्तित्व बनेका छन्, दुबै रोबोटिक्सका निर्माता र रोबोटिक्सको प्रयोगकर्ताको रूपमा, उहाँको नेतृत्वमा रहेको कम्पनीसँग।...
HomeLatest newsकाठमाडौंको न्यूनतम तापक्रम २ डिग्री नजिक, जुम्लामा सबैभन्दा कम

काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री नजिक, जुम्लामा सबैभन्दा कम



३० पुस, काठमाडौं । पुस महिनाको अन्तिम दिन जाडो बढेको छ । तापक्रम घटेसँग जडो बढेको हो । आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्री नजिक पुगेको छ ।

आज बिहान ६ बजेर २७ मिनेटमा ३ डिग्री सेन्टिग्रेटमा झरेको न्यूनतम तापक्रम बिहान पौने ९ मा २.३ मा झरेको हो ।

आज मापन भएको तापक्रम मंगलबारको भन्दा कम हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो ।

पौने ९ मा काठमाडौंको अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस मापन भएको छ ।

आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस ५.९ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जनकपुर र चन्द्रगढीमा सबैभन्दा धेरै ९ डिग्री मापन भएको महाशाखाले जनाएको छ ।

यसैबीच, आज तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।





Read More