― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsकाठमाडौंका पानी उद्योगमा फोहोर र मापदण्ड विपरीत जारको बिगबिगी

काठमाडौंका पानी उद्योगमा फोहोर र मापदण्ड विपरीत जारको बिगबिगी


राष्ट्रिय

समाचार.

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा सञ्चालित खानेपानी उद्योगमा आकस्मिक अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।
  • अनुगमनमा ओसियन र सिद्धकाली आक्वा उद्योगमा कामदारको व्यक्तिगत सरसफाइ सन्तोषजनक नभएको र उत्पादन कक्षमा पानी जमेको पाइएको छ।
  • विभागले २२ थानभन्दा बढी प्रयोग गर्न नमिल्ने जारहरू नष्ट गरी उद्योगलाई मर्मत र दैनिक सरसफाइ गर्न कडा निर्देशन दिएको छ।

१४ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा सञ्चालित विभिन्न खानेपानी उद्योगमा आकस्मिक अनुगमन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सोमबार मोबाइल खाद्य प्रयोगशाला भ्यानसहित निस्किएको विभागको विशेष टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम उद्योगहरू निरीक्षण गर्दा सरसफाइमा गम्भीर लापरबाही र न्यूनतम मापदण्ड समेत पालना नगरेको फेला पारेको हो ।

अनुगमन क्रममा मनोहरा फुड एन्ड बेभरेज, ओसियन ड्रिंकिङ वाटर, सिद्धकाली आक्वा र भद्रकाली पानी उद्योगमा कैफियत भेटिएको छ । ओसियन र सिद्धकाली आक्वाजस्ता उद्योगमा कामदारको व्यक्तिगत सरसफाइ सन्तोषजनक नरहेको, उत्पादन कक्षको भुइँमा पानी जमेको र लेउ लागेका तथा कुच्चिएका जारहरूमा पानी भरेर बिक्रीका लागि राखिएको पाइएको थियो ।

विभागको टोलीले ती उद्योगबाट २२ थानभन्दा बढी प्रयोग गर्न नमिल्ने र लेउ लागेका जारहरू तत्कालै नष्ट गरिदिएको छ । साथै, कतिपय उद्योगको आफ्नै प्रयोगशाला नभएको र प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका बमोजिमको अभिलेख समेत नराखिएको पाइएकाले उनीहरूलाई सुधारका लागि कडा निर्देशन दिइएको छ ।

विभाग प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार अनुगमन गरिएका सबै उद्योगबाट पानीका नमुना संकलन गरी थप परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

उद्योग परिसर र उत्पादन कक्ष तत्कालै मर्मत र दैनिक सरसफाइ गर्न निर्देशन दिँदै विभागले संकलित नमुनाको प्रयोगशाला प्रतिवेदनमा कैफियत देखिए ऐन बमोजिम थप कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More