― Advertisement ―

‘यस उपकरणले साइडलोडिङ रोक्छ’: अमेजनले फायर टिभी स्टिक HD खरीददारहरूलाई चेतावनी दिन्छ कि यसलाई नि: शुल्क स्ट्रिमिङको लागि अवैध ‘फायर स्टिक’ मा परिणत गर्न...

नयाँ Amazon स्ट्रिमिङसाइड स्ट्रिमिङसन्देश रोक्नुहोस् यो प्रभाव यसको अनलाइन सूचीमा पप अप भइरहेको छयो अमेजनको आफ्नै Vega OS को रोलआउटको अंश होFire TV OS...
HomeLatest newsकागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा



१९ मंसिर, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उनको निधनको शोकमा आज नगरपालिकामा बिदा दिइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार  हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार वडाध्यक्ष थापाको निधन भएको थियो ।

स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More