― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsकांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित

कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा स्थगित



२६ पुस, काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूले आज गर्ने भनेको पदयात्रा स्थगित भएको छ।

विशेष महाधिवेशनको प्रचारप्रसारका लागि आज दिउँसो १ बजे भृकुटीमण्डपबाट पदयात्रा गर्ने तय भएको थियो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गर्दै पदयात्रा स्थगित गरिएको हो ।

विशेष महाधिवेशन पक्षधर आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा दिवंगत दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकको बेला कार्यक्रम नगर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् । महाधिवेशन भने स्थगित नहुने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

उनका अनुसार आइतबार भृकुटीमण्डपमा दिवंगत नेता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेर विशेष महाधिवेशनको उद्घाटन गरिनेछ ।





Read More