― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest newsकांग्रेस बैठक सरेको सर्‍यै, अब आइतबार – KhabarHost

कांग्रेस बैठक सरेको सर्‍यै, अब आइतबार – KhabarHost



११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । पटकपटक सर्दै आएको बैठक भोलि शुक्रबार बस्नेगरी तय भएको थियो ।

भोलिका लागि तय भएको बैठक पनि पुन: सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, अर्को बैठक आइतबार बस्नेछ । आइतबार दिउँसो दुई बजे बस्नेगरी बैठक तय गरिएको उनले बताए ।

कांग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै जाँदा बैठक बस्न नसकेको हो । नेताहरूका अनुसार, अझै पनि नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे सहमति जुट्न सकेको छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More