― Advertisement ―

आइतबार, अप्रिल १२ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #770)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ टाइमजोन जुन रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsकांग्रेस बैठकमा दीपक गिरीले भने– एकतामा जाऊँ, धेरै नाटक नगरौं 

कांग्रेस बैठकमा दीपक गिरीले भने– एकतामा जाऊँ, धेरै नाटक नगरौं 


फाइल तस्वीर



२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक गिरीले भण्डारखाल पर्वभन्दा डरलाग्दो अवस्थामा लामो इतिहास बोकेको पार्टीको बैठक चलिरहेको टिप्पणी गरेका छन् ।

मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले जेनजी आन्दोलनलाई भण्डारखाल पर्वसँग तुलना गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘नेपालको इतिहासमा बडो डरलाग्दो घटना पहिलो भण्डारखाल पर्व भनिन्छ,’ उनले भने, ‘त्योभन्दा पनि डरलाग्दो अवस्थामा एउटा इतिहास बोकेको पुरानो पार्टीको यो मिटिङ भइरहेको छ ।’

केन्द्रीय कार्यसमिति बैठक सुरु हुँदै गर्दा आफूले पार्टी एकताको आवाज उठाइने अपेक्षा गरेको पनि नेता गिरीले बैठकमा सुनाए ।

‘यही हो त अवस्था, यही इलुजनमा पर्ने हो त हामी ? किन रुमलिरहेका छौँ त ?,’ उनले प्रश्न गरे ।

नेता गिरीले शीर्ष नेताहरूलाई चार तारा, रूख र एकतातिर सोच्न र धेरै व्यक्तिवादी नहुन पनि सुझाव दिए ।

‘मेरो आग्रह छ– कार्यवाहक सभापतिज्यूलाई, महामन्त्रीज्यूलाई, सहमहामन्त्रीज्यूहरूलाई, यहाँ बसेका सबै महिला दिदीबहिनी,  सबै साथीहरू,’ उनले भने, ‘एउटै चिज हो चार तारा, रुख र एकता । यसलाई सोचौँ । यसरी धेरै व्यक्तिवादीमात्र गरेर केही हुने वाला छैन ।’

गिरीले नेकपा एमालेको उदाहरण दिँदै पार्टीका भ्रातृ संगठनहरूलाई चलायनमान बनाउनुपर्नेमा पनि जोड दिए । उनले नेताहरूलाई एकतामा जान र धेरै नाटक नगर्न पनि सुझाए ।

‘मेरो भनाइ एउटै छ– चार तारालाई हेरौं, शहीदलाई सम्झिऊँ । धेरै शहीदहरू मारिएका छन्,’ नेता गिरीले भने, ‘एकतामा जाऊँ, धेरै नाटक नगरौं ।’





Read More