― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsकांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी



१५ मंसिर, काठमाडौं । पटक पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे  पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेबारे बहस र विवाद पेचिलो बन्दै जाँदा बैठक पटक–पटक सर्दै आएको छ ।

पछिल्ला छलफलमा पुस अन्तिम सतामा १५ औं महाधिवेशन गर्ने कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको नेताहरुले बताएका छन् । आजको बैठकमा कार्यवाहक सभापति खड्काले २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने बताइएको छ । बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षसँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा आइतबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक र प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग सामूहिक छलफल गरेका थिए । छलफलमा खड्काले पुस अन्तिम साता महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याउने बताएका थिए ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिर्णित बन्दा लम्बिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More