― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
HomeLatest newsकांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनका दुई तालिका पेस गर्ने तयारी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनका दुई तालिका पेस गर्ने तयारी



काठमाडौं । महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो ।

बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरुले बताएका छन् । महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन ।

सहमतिको प्रयास स्वरुप गत शुक्रबार र आइतबारका लागि तोकिएका केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो ।

आजको बैठकमा महामन्त्री गगन कुमार थापा र संस्थापन पक्ष दुवैतर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी छ ।

नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले १५औं महाधिवेशन वैशाख अन्तिम साता गर्ने प्रस्ताव गरेको छ । सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।

संस्थापन इतरका नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर समेत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन् ।





Read More