― Advertisement ―

HomeLatest newsकांग्रेसले दीपबहादुर शाहीलाई दियो जुम्लाको टिकट – KhabarHost

कांग्रेसले दीपबहादुर शाहीलाई दियो जुम्लाको टिकट – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट दीपबहादुर शाहीलाई टिकट दिएको छ।
  • कांग्रेस संसदीय बोर्डको सोमबारको बैठकले दीपबहादुर शाहीलाई टिकट दिने निर्णय गरेको छ।
  • पहिले कर्णबहादुर शाही र कान्तिका सेजुवालमध्ये एकलाई टिकट दिने चर्चा थियो, तर पछिल्लो परिस्थितिमा दीपबहादुर शाही चयन भएका हुन्।

५ माघ, जुम्ला । नेपाली कांग्रेसले जुम्लाका लागि दीपबहादुर शाहीलाई टिकट दिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि शाहीले टिकट पाएका हुन् । सोमबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई टिकट दिने निर्णय गरेको हो ।

शाही प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा चयन भएको नेपाली कांग्रेस जुम्लाका सचिव अर्जुनसिंह कठायतले जानकारी दिए ।

उनका अनुसार यसअघि जिल्ला सभापति कर्णबहादुर शाही र कान्तिका सेजुवालमध्ये एकले टिकट पाउने चर्चा थियो ।

तर, कांग्रेस पार्टीको पछिल्लो विकसित परिस्थितिपछि जुम्लाका पूर्वसभापति दीपबहादुर शाहीलाई चयन गरेको अर्का सचिव लक्ष्मण शाहीले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेस जुम्लाले कर्णबहादुर शाही, कान्तिका सेजुवाल, खड्ग सेजुवाल र पूर्ण आचार्यलाई सिफारिस गरेको थियो । चारैजना आकांक्षी देउवा पक्षका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More