५ माघ, काठमाडौं । नेपाली कांग्रेसले कैलालीका पाँचवटै क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ ।
सोमबार सभापति गगन कुमार थापाले ५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूलाई टिकट वितरण गरेका छन् ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ । त्यसअघि राजनीतिक दलहरूले धमाधम उम्मेदवारको टुंगो लगाइरहेको छ ।
कांग्रेस कैलालीका सचिव केशव मिश्रले कैलालीका नेता भीम बडुवाललाई उद्धृत गर्दै पाँचवटै क्षेत्रका उम्मेदवार टुंगो लागेको जानकारी दिए ।
जसअनुसार, क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा विजय स्वार, ३ मा भिम बडुवाल, ४ मा वीर बहादुर बलायर र ५ मा नरनारायण शाह ‘मनु’ उम्मेदवार बनेका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

