― Advertisement ―

HomeLatest newsकांग्रेसले एक दिन अघि सार्‍यो जनकपुरमा गर्ने सभा – KhabarHost

कांग्रेसले एक दिन अघि सार्‍यो जनकपुरमा गर्ने सभा – KhabarHost



२४ माघ, काठमाडौं । नेपाली कांग्रेसले जनकपुरमा गर्ने भनिएको सभा एक दिन अघि सारेको छ । यसअघि कांग्रेसले उक्त सभा फागुन ७ गते गर्ने तय गरेको थियो ।

शनिबार बसेको मधेश प्रदेश कार्यसमिति बैठकले फागुन ६ (बुधबार) तृतीय गाछीमा मधेश सभा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, मधेश सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताए ।

सभामा पार्टी सभापति गगन कुमार थापा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More