― Advertisement ―

TechRadar को साप्ताहिक क्रसवर्ड — पजल #3, शुक्रबार, अगस्त 14

अर्को शुक्रबार, र अर्को साप्ताहिक क्रसवर्ड तपाईंको लागि तयार छ। विगत सात दिनका सबैभन्दा ठूला समाचारहरूसँग सम्बन्धित केही सुरागहरूका साथै प्राविधिक ट्रिभिया र नर्डी...
HomeLatest newsकांग्रेसको विशेष महाधिवेशन पक्षधर समूह कानुन व्यवसायीसँग छलफल गर्दै

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूह कानुन व्यवसायीसँग छलफल गर्दै



१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शनिबार कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएको छ ।

विशेषको माग राख्दै पार्टी समक्ष हस्ताक्षर बुझाएको समूहले शनिबार वरिष्ठ अधिवक्ताहरूसँग ‘कानुनी परामर्श बैठक’ गर्दैछ ।

बैठक अनामनगरमा दिउँसो २ बजेका लागि बोलाइएको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका नेता बलदेव तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार मुख्य वक्ता वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता भरत खरेल र डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)का अध्यक्ष सीताराम केसी रहेका छन् ।

विशेष पक्षधरले शुक्रबार पार्टीमा विशेष महाधिवेशनबारे स्मरण पत्र बुझाएका थियो ।

२९ असोजमा विशेष महाधिवेशनको माग गर्दै पार्टी समक्ष ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाइएको थियो ।





Read More