राष्ट्रिय
समाचार.
- नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति पाँच सदस्यीय पूर्णता पाएको छ।
- कार्यबाहक सभापति पूर्णबहादुर खड्काले राजेश्वर अधिकारी र राजु कटुवाललाई सदस्यमा मनोनीत गरेका छन्।
- खम्बबहादुर खाती संयोजक, एगराज पोखरेल र तेज रावल सदस्यका रूपमा पहिलेदेखि छन्।
२१ मंसिर, काठमाडौं। नेपाली कांग्रेसको निर्वाचन समितिले पूर्णता पाएको छ ।
कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबार केन्द्रीय निर्वाचन समिति सदस्यमा दुईजना मनोनीत गरेसँगै पाँच सदस्यीय निर्वाचन समितिले पूर्णता पाएको हो । खड्काले वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई समिति सदस्यमा मनोनीत गरेका छन् ।
निर्वाचन समितिको संयोजकमा खम्बबहादुर खाती, दुई सदस्यमा एगराज पोखरेल र तेज रावल यसअघि नै समितिमा थिए।
हेर्नुहोस् विज्ञप्ति :
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


