― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsकांग्रेसको निर्देशन विपरीत हुम्लाबाट जीवन शाही सिफारिस

कांग्रेसको निर्देशन विपरीत हुम्लाबाट जीवन शाही सिफारिस



१ पुस, सुर्खेत । नेपाली कांग्रेस हुम्लाले पार्टीको निर्देशन विपरीत जीवनबहादुर शाहीको नाम सिफारिस गरेको छ । पार्टीको केन्द्रीय समितिले बहालवाला सांसदलाई पुन: उम्मेदवारको रूपमा सिफारिस नगर्न परिपत्र गरे पनि कांग्रेस हुम्लाले केन्द्रको निर्देशन लत्त्याउँदै शाहीको नाम सिफारिस गरेको छ ।

कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका शाही कर्णाली प्रदेश सभा सदस्य छन् ।

शाहीको सिफारिस केन्द्रीय निर्देशन विपरीत भए पनि जिल्लाका सबै तहका नेताहरूको मनोभावना अनुरूप सिफारिस गरिएको व्यहोरा समेत जिल्ला कार्यसमितिले लेखेर पठाएको छ । ‘…बहालवाला जनप्रतिनिधिहरूलाई सिफारिस नगर्न निर्देशन गरिएको भए पनि’ सिफारिस पत्रको व्यहोरामा भनिएको छ, ‘जिल्लास्थित कांग्रेस जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समितिका पूर्वपदाधिकारी, जनप्रतिनिधिहरू र ४४ वडा इकाई समितिको मनोभावना अनुरूप सिफारिस गरिएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’

केन्द्रको परिपत्र भए पनि जिल्लाका नेता तथा कार्यकर्ताको मनोभावना अनुसार नै शाहीको नाम सिफारिस गरिएको कांग्रेस हुम्लाका नेताहरू बताउँछन् ।

हुम्लाबाट शाहीसहित प्रतिनिधिसभा प्रत्यक्षतर्फ जयपति रोकाया र रिताकुमारी शाहीको नाम पनि सिफारिस गरिएको छ । संस्थापन इतर (शेखर) समूहमा रहेकी रिताकुमारी शाही संविधान सभा सदस्यसमेत हुन् ।

प्रतिनिधिसभा समानुपातिकतर्फ हुम्लाबाट तीन जनाको काम सिफारिस गरिएको छ । जसमा बलबहादुर लामा, ताराबहादुर लामा र रम्बा शाही रहेका छन् । राष्ट्रिय सभा सदस्य खुलातर्फ पदमबहादुर लामाको नाम एकल सिफारिस गरिएको छ ।

त्यस्तै राष्ट्रिय सभा समानुपातिकमा महिलातर्फ रंगमति शाही र सविता बुढाको नाम सिफारिस गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More