― Advertisement ―

होलोग्राफिक टेपले अन्ततः ल्याब छोड्छ किनकि 200TB कारतूसहरू कार्यप्रवाहहरू तोडे बिना वास्तविक LTO पुस्तकालयहरूमा चल्छन्।

होलोग्राफिक टेप उत्पादन LTO फ्रास्ट्रक्चर भित्र बिना सञ्चालन परिवर्तनहरूप्रत्यक्ष अनुप्रयोग सफ्टवेयरले मानक टेप पुस्तकालय कार्यप्रवाहहरू प्रयोग गरेर होलोग्राफिक मिडिया पहुँच गरेको छकारट्रिज आयामहरू LTO...
HomeLatest newsकांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिले भने– पार्टी कठिन मोडमा पुग्यो

कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिले भने– पार्टी कठिन मोडमा पुग्यो


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टी इतिहासकै संवेदनशील र कठिन मोडमा उभिएको बताएका छन्।
  • उनीहरूले ‘विशेष महाधिवेशन’को नाममा विधानविपरीत गतिविधि गर्दै पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी र मुलुकको हितमा नरहेको उल्लेख गरेका छन्।
  • संयुक्त विज्ञप्तिमा संविधानको रक्षा र आसन्न निर्वाचनमा पार्टी एक ढिक्का बनाएर अगाडि बढाउन अनुरोध गरिएको छ।

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टी इतिहासकै संवेदनशील र कठिन मोडमा उभिएको जनाएका छन् ।

उनीहरूले पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको उल्लेख गरेका छन् ।

‘यतिबेला हामी गम्भीर र विषम परिस्थितिबाट गुज्रिरहेका छौं । पुन: उकपटक नेपाली कांग्रेस आफ्नो इतिहासको अत्यन्तै संवेदनशील र कठिन मोडमा उभिएको छ,’ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्, ‘यस्तो संवेदनशील घडीमा ‘विशेष महाधिवेशन’को नाममा विधानविपरीत गतिविधि गर्दै पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा नरहेको यथार्थ स्पष्ट छ ।’

विज्ञप्तिमा उनीहरूले संविधानको रक्षा, आसन्न निर्वाचनमा पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने दायित्व तथा नियमित महाधिवेशनको वैधानिक प्रक्रियामार्फत् नेपाली कांग्रेसको सुदृढीकरण, रुपान्तरण र भावी दिशा सुनिश्चित गर्न अनुरोध गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More