― Advertisement ―

अनुसन्धान नक्सा 94 सिम फार्म डिप्लोइमेन्टहरू प्रमुख यूके र यूएस नेटवर्कहरू सहित 35 मोबाइल वाहकहरूसँग जोडिएको छ।

SIM deplo1 मार्फत सिम डेप्लो देशहरू मार्फत साझेदारी गरियो। सफ्टवेयररिमोट सिम पूर्वाधारले विश्वव्यापी रूपमा फोन-आधारित प्रमाणिकरण प्रणालीहरूको बाइपास सक्षम गर्दछनेटवर्कले युरोप उत्तर अमेरिका र...
Homeकलाकारसँगको भेटमा प्रधानमन्त्रीले भनिन्– गालीसँग डराउँदैनौं

कलाकारसँगको भेटमा प्रधानमन्त्रीले भनिन्– गालीसँग डराउँदैनौं



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग नडराउने बताएकी छन् । आज कलाकारहरुसँगको भेटमा उनले सो कुरा बताएकी हुन् ।

‘असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौं  हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौं,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीलाई भेट्न समकालीन नेपाली सिनेमाका चर्चित ९ जना कलाकारहरु बालुवाटारस्थित निवास पुगेका थिए । भेटघाटमा कलाकार तथा सर्जकहरू ऋचा शर्मा, निश्चल बस्नेत, विजय बराल, विपिन कार्की, सुजित बिडारी, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, कर्मालगायतको उपस्थिति थियो ।

भेटघाटमा गृहमन्त्री ओम प्रकाश अर्यालका साथै कलाकारहरुसँगको भेटघाटको संयोजन गरेका पुकार बम पनि सहभागी थिए ।

उनीहरुसँगको छलफलमा प्रधानमन्त्री कार्कीले दुष्प्रचार चिर्नका लागि भूमिका खेल्न अनुरोध गरिन् । उनले भनिन्, ‘साथ सहयोग सबैको चाहिन्छ । समाजमा तपाईंहरूको प्रभाव छ । दुष्प्रचार चिर्नका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस् ।’

उनले सरकारका केही कमी कमजोरी भए त्यो पनि औंल्याइदिन अनुरोध गरिन् ।





Read More