― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
Homeखेलकुद़़कर्णाली याक्सलाई नेबिकोको साथ – KhabarHost

कर्णाली याक्सलाई नेबिकोको साथ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कर्णाली याक्स स्पोर्ट्स प्रालि र नेबिको लिमिटेडबीच नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सह-प्रायोजन सम्झौता भएको छ।
  • सम्झौता कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेलले हस्ताक्षर गरेका थिए।
  • एनपीएल दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ र कर्णालीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा राखेको छ।

३० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टिम कर्णाली याक्स स्पोर्ट्स प्रालि र नेबिको लिमिटेडबीच सह-प्रायोजनका लागि सम्झौता भएको छ ।

बिहीबार याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेल सम्झौता पत्रमा हस्ताक्षर गरे ।

अब दोस्रो संस्करणको एनपीएलमा नेबिको कर्णाली याक्सको सह प्रायोजकको रुपमा रहनेछ ।

सम्झौता अनुसार नेबिकोले कर्णाली याक्सका खेलाडीहरुका लागि नगद रकमसँगै आफ्ना प्रोडक्टहरु उपलब्ध गराउनेछ । तर सम्झौता रकम भने खुलाइएको छैन ।

सम्झौता कार्यक्रमा नेबिकोका सिइओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए ।

कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउदै एनपीएल हुन लागेकाेमा खुसी व्यक्त गरे । यस्तै घिमिरेले नेबिकोसँगको सहकार्यले टोलीको हौसला बढेको बताए । ‘विषम परिस्थितीमा पनि क्रिकेटले सबैलाई जोड्ने प्रयास गरेको छ । खेल त्यस्तो माध्यम हो जसले सबैलाई एकजुट बनाउँछ  । नेबिको बिस्कुटला२ सह प्रायोजकको रुपमा पाउँदा खुशी छौँ ।’ घिमिरेले भने ।

नेबिकोका सिइओ न्यौपानेले नेपाली क्रिकेटको भविस्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । उनले उत्पादनमा ६ दशक पूरा गरेको बताउँदै यो सहकार्यले व्यवसायीक यात्रा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । ‘क्रिकेट अहिले राष्ट्रिय पहिचान जस्तै बनेको छ । एनपीएलमा कर्णाली याक्ससँग जोडिन पाउँदा खुशी छौँ ।’

नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ ।

गत वर्ष भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्म पुग्दै तेस्रो भएको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ ।

एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More