― Advertisement ―

रनिङ प्वाइन्ट सिजन २ नेटफ्लिक्स समर्पणको व्याख्या: निको मिजाइलोभिक को हुन्?

यदि तपाईंले मेरो 2-em-point-review> बिन्दु सिजन २ समीक्षा, तपाईले पहिले नै थाहा पाउनुहुनेछ कि म सबैभन्दा ठूलो प्रशंसक थिइनँ। यो भनिएको छ, सबै कुरा...
Homeकर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक – KhabarHost

कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कर्णाली याक्सले नेपाल प्रिमियर लिग २०२५ का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।
  • टोलीले सामाजिक सञ्जालमा ‘कस्ट्युम अफ याक्स’ भनेर जर्सी सार्वजनिक गरेको बताएको छ।
  • कर्णालीले मार्क वाटलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल २०२५ का लागि कर्णाली याक्सले नयाँ जर्सी सार्वजनिक गरेको छ ।

टोलीले बुधबार सामाजिक सञ्जालमा ‘कस्ट्युम अफ याक्स’ भनेर पोस्ट राख्दै जर्सी सार्वजनिक गरेको हो ।

‘कठोर मेहनत, निष्ठा, उत्साह र क्रिकेटप्रतिको अदम्य आत्मालाई समर्पित यो डिजाइन केवल कपडा मात्र नभएर कर्णाली याक्स परिवारप्रति श्रद्धाभाव पनि हो। क्रिकेटमा बाँच्ने र विश्वास गर्ने सबैका लागि यो जर्सी समर्पण र गौरवको प्रतीक हो’ टोलीले भनेको छ ।

गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेर तेस्रो स्थान हासिल गरेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरीलाई रिटेन गरेको थियो ।

अक्सनबाट कर्णालीले पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री अनुबन्ध गरेको छ ।

पहिलो विदेशी खेलाडीका रूपमा बुधबार मार्क वाट लाई अनुबन्ध गरिसकेको छ ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।





Read More