― Advertisement ―

वैज्ञानिकहरूले क्वान्टम कम्प्युटरमा पूर्ण जीनोम लोड गर्छन्, वास्तविकताको नजिक छिटो डीएनए विश्लेषण गर्दै

Dometite कोडमा पूरा गर्नुहोस् अवधारणाको प्रमाण माइलस्टोनअनुसन्धानकर्ताहरूले जटिल मानव प्यान्जेनोम विश्लेषण कार्यहरूको लागि भविष्यमा 100x स्पीडअपहरू लक्षित गर्छन्वैज्ञानिकहरूले सावधानीपूर्वक व्यावहारिक क्वान्टम जीनोमिक्स अझै पनि...
HomeLatest newsकराते वान प्रिमियर लिगमा एरिकालाई रजत पदक – KhabarHost

कराते वान प्रिमियर लिगमा एरिकालाई रजत पदक – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली करातेकी एरिका गुरुङले टर्किको इस्तानबुलमा भएको डब्लुकेएफ कराते वान प्रिमियर लिग २०२६ मा महिला ६८ केजीमाथि रजत पदक जितिन्।
  • एरिकाले फाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४-२ ले पराजित भइन् र यसअघि समूह चरणदेखि सेमिफाइनलसम्म उत्कृष्ट प्रदर्शन गरिन्।
  • एरिका र सोफिया बीच यो तेस्रो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो, जहाँ सन् २०२३ को एसियाली खेलकुदमा पनि सोफिया विजयी भइन् भने एरिकाले २०औं एकेएफ च्याम्पियनसिपमा सोफियालाई हराएकी थिइन्।

११ माघ, काठमाडौं । नेपाली करातेकी स्टार खेलाडी एरिका गुरुङले कराते वान प्रिमियर लिगमा रजत पदक जितेकी छन् ।

टर्किको इस्तानबुलमा भइरहेको डब्लुकेएफ कराते वान प्रिमियर लिग २०२६ अन्तर्गत महिला ६८ केजीमाथि आइतबार ऐएको फाइनलमा एरिका कजाखस्तानकी सोफिया बेरुत्सेभासँग ४-२ ले पराजित भएपछि रजतमै चित्त बुझाउन बाध्य भइन् ।

त्यसअघि फाइनलसम्म पुग्दा एरिकाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । ऐतिहासिक उपलब्धिबाट एक कदम टाढा पुगेकी एरिका फाइनलमा भने पराजित भइन् ।

एरिकाले समूह चरणमा चिलीकी खेलाडी गोन्जालेज लाभिन जाभेइरालाई २-१ ले र चेक रिपब्लिककी खेलाडी हाकोभा अमालीलाई ५-३ ले पराजित गर्दा जापानी खेलाडी सुगिता सुमाइरेसँग २-२ को बराबरी खेलेकी थिइन् ।

यस्तै क्वाटरफाइनलमा साइप्रसकी खेलाडी थेडोसिया जियोमौकीलाई ५-१ ले र सेमिफाइनलमा इंग्ल्याण्डकी राचेले वाल्टर्सलाई ४-१ ले पराजित गर्दै एरिका फाइनल पुगेकी हुन् ।

एरिकाले गत वर्ष मोरक्कोको रावातमा भएको कराते वान प्रिमियर लिगमा पहिलो सहभागितामै कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । यस पटट एरिकाले त्यसमा अझ उत्कृष्ट खेल्दै फाइनलसम्म पुगेर इतिहास भने बनाइन् ।

अर्कोतर्फ सोफियाले क्रोएसियाका निकोलिना गोलोम्बोसलाई ३-१ ले हराएर फाइनल पुगेकी हुन् ।

एरिका र सोफियाबीच अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा तेस्रो पटक भेट भएको हो । यसअघि सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियाली खेलकुदमा सोफिया र एरिका फाइनलमा भिडेका थिए ।

त्यसपछि सोफिया विजयी हुँदै स्वर्ण जित्दा एरिकाले रजत जितेकी थिइन् । यस्तै चीनमै भएको २०औं एकेएफ कराते च्याम्पियनसिपमा भने एरिकाले सोफियालाई सेमिफाइनलमा हराएकी थिइन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More