― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsकम्युनिस्टहरू एक नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल – KhabarHost

कम्युनिस्टहरू एक नभए क्षेप्यास्त्र खाने दिन टाढा छैन : रावल – KhabarHost



२६ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा मिसिएका नेता डा. भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिन नेपाली कम्युनिस्ट पार्टीलाई बलियोसँग उभ्याउन जरुरी रहेको बताएका छन् ।

बुधबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै नेता रावलले यस्तो बताएका हुन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले युवालाई स्वदेशमै रोजगारीको अवसर दिन तथा कृषि उत्पादन बढाई मुलुकलाई समृद्धितर्फ लैजान पार्टीलाई जिम्मेवार बनाई अगाडि बढाउनुपर्ने बताए ।

‘आज हाम्रो घरमा आगो लाग्यो आगो खायौं । तर म भन्छु  देशभक्त, प्रगतिशील कम्युनिस्टहरू एकताबद्ध र निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने माफ गर्नुहोला मैले तपाईंलाई तर्साएको होइन,’ रावलले भने, ‘अब हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन् । त्यसैले नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं ।’

मुलुकको विकास र शान्ती सुव्यवस्थाका लागि कम्युनिस्टहरू एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको समेत टिप्पणी गरे ।

‘बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्नको लागि नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ । खेत बाँझो हुन, युवाहरूलाई विदेश जानबाट रोकौं,’ उनले भने ।

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सत्ता स्वार्थ र अंहकारका कारण तत्कालीन नेकपा नटिकेको आरोप पनि लगाए ।





Read More