― Advertisement ―

लिनस टोरभाल्ड्स भन्छन् ‘विशाल’ लिनक्स कर्नेल अपडेटहरू अब यथास्थितिमा छन् – र यो सबै एआईलाई धन्यवाद हो।

Linus Torvalds को Linuxs-w7 को सामान्य भाग" rc2w7 को रिलीज भनिन्छ। उम्मेद्वारहरू Torvalds ले rc6 लाई कमिट गणनाको आधारमा वर्षहरूमा सबैभन्दा ठूलो बोलाएको एक...
HomeLatest newsकमजोर ठहर गर्दै रास्वपाले गर्‍यो कीर्तिपुर नगर समिति भंग

कमजोर ठहर गर्दै रास्वपाले गर्‍यो कीर्तिपुर नगर समिति भंग


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुर नगर समिति कमजोर कार्यसम्पादन मूल्याङ्कनका कारण विघटन गरेको छ।
  • कीर्तिपुर नगर समितिको नेतृत्व जयराम कार्कीले गरेका थिए र पार्टीले यहाँ निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेको थियो।
  • कीर्तिपुरका स्थानीय रास्वपा सभापति प्रदीप बिष्टले कार्कीलाई निष्क्रिय र पार्टी बैठकहरूमा अनुपस्थित रहेको बताएका छन्।

१० मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कीर्तिपुर नगर समिति भंग गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरेको हो ।

कीर्तिपुर नगर समितिको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन कमजोर रहेको ठहरसहित विघटन गरेको रास्वपाले जनाएको छ ।

कीर्तिपुरमा जयराम कार्कीको नेतृत्वमा नगर समिति थियो । कीर्तिपुरको उपनिर्वाचनमा कार्की रास्वपाबाट मेयर उम्मेवारका आकांक्षी थिए । तर, पार्टीले यहाँ निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय लिएको थियो ।

कीर्तिपुरकै स्थानीय एवं रास्वपाका काठमाडौं सभापति प्रदीप बिष्टले नगर सभापति कार्की निष्क्रिय जस्तै रहेको र पार्टी बैठकहरूमा पनि उपस्थित नहुने गरेको बताए । विष्टले भने, ‘उहाँको बारेमा केन्द्रलाई री अलि पहिले नै जानकारी गराइएको थियो ।’





Read More