― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsकप्तानी प्रेसर नहुँदा चल्यो अनिलको ब्याट, जनकपुरले खोल्यो खाता

कप्तानी प्रेसर नहुँदा चल्यो अनिलको ब्याट, जनकपुरले खोल्यो खाता


लगातार तेस्रो हार बेहोरेपछि जनकपुरले नियमित कप्तान अनिल साहलाई नै बाहिर राख्दै विदेशी खेलाडी वायन पार्नेललाई कप्तानी सुम्पेको थियो तर नतिजा भने फरक आएको थिएन ।

राष्ट्रिय

समाचार.

  • नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सले सुरुवाती ४ खेलमा लगातार हार बेहोरेपछि पाँचौं खेलमा पहिलो जित हासिल गर्‍यो।
  • कप्तान अनिल साहले लगातार तीन खेलमा जम्मा ५ रन मात्र बनाएका थिए र टोलीले ती सबै खेल हार्‍यो।
  • मंगलबारको खेलमा अनिल साहले ब्याटिङमा राम्रो प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बने।

१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणमा अपेक्षित प्रदर्शन गर्न सकिरहेको छैन ।

सुरुवाती ४ खेलमा लगातार हार बेहोरेपछि जनकपुरको प्लेअफ सम्भावना नै झिनो बनिसकेको अवस्थामा पाँचौं खेलमा आएर टोलीले पहिलो जित हासिल गर्न सफल भयो, योसँगै प्लेअफको सम्भावना पनि कायमै रह्यो ।

विशेषगरी बलियो ब्याटिङ लाइनअप भएर पनि कमजोर प्रदर्शन गरेको जनकपुरका टप अर्डर ब्याटरहरू लयमा नै देखिएका थिएनन् । त्यसमाथि पनि कप्तान अनिल साहले ३ खेलमा गरेर जम्मा ५ रन मात्र बनाएका थिए जसमा एउटा ‘डक’ पनि समावेश थियो । ती सबै खेल जनकपुरले हारेकै थियो ।

यस्तोमा अनिललाई कप्तानी दबाबसँगै आफ्नो ब्याटबाट रन बन्न नसक्दा अर्को दबाब पनि थपिएको थियो । लगातार तेस्रो हार बेहोरेपछि जनकपुरले नियमित कप्तान अनिल साहलाई नै बाहिर राख्दै विदेशी खेलाडी वायन पार्नेललाई कप्तानी सुम्पेको थियो तर नतिजा भने फरक आएको थिएन ।

तर त्यसपछि मंगलबार भएको चितवन राइनोजसँगको खेलमा अनिल प्लेइङ ११ मा फर्किए, कप्तानी भने पार्नेललाई नै दिइएको थियो । यस खेलमा भने अनिलको ब्याट चल्यो, उनले टोलीलाई खेल नै जिताए, प्लेयर अफ द म्याच पनि भए ।

कप्तानी दबाब हटेपछिको लय

अनिल साहले कप्तानका रूपमा गरेको ब्याटिङ र कप्तान नहुँदा गरेको ब्याटिङ प्रदर्शन छर्लङ्ग छुट्टिने गरी देखियो । कप्तानी जिम्मेवारीबिना खेल्दा उनले फियरलेस क्रिकेट खेले ।

वान डाउनमै ब्याटिङमा आएका अनिलले सुरुवातदेखि नै अट्याकिङ माइन्डेसेटले ब्याटिङ गरेका थिए । अनिल ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन बनाए ।

खेलपछि कुरा गर्दै अनिलले यो क्षणको लागि लामो समयदेखि कुरिरहेको बताए । ‘लामो समयदेखि कुरिरहेको थिएँ मैले धेरै समयदेखि खेलहरू खेलेको थिइनँ’ उनले भने, ‘आजभन्दा पहिलेका खेलमा पनि रनकै लागि खेलिरहेको थिएँ तर भइरहेको थिएन । टिमले ब्याक गर्‍यो, कोच र प्रशिक्षकले पनि सपोर्ट गर्नुभयो।’

उनले आफूलाई एक किसिमको ब्रेक पनि चाहिएको र म्यानेजमेन्टले ब्रेक दिएर राहत दिएको बताए । ‘ब्रेक चाहिएको थियो, कप्तानका रूपमा नखेले पनि खेलाडीका रूपमा खेल्न मन थियो । म्यानेजमेन्टकै निर्णय थियो । ब्रेकपछि रिलिफ पनि भयो, प्रदर्शन पनि गर्न पाएँ अनिलले भने ।

अनिलले अप्रत्यक्ष रूपले कप्तान नहुँदा कम दबाबले खेल्न सकिने कुरातर्फ समेत इंगित गरे । ‘म ब्याटिङ गर्दा ब्याटरकै रूपमा खेल्न खोज्छु । कप्तान हुनुभन्दा अगाडि ब्याटर हूँ भनेर सोच्छु । रन बनिरहेको थिएन प्रेसर थियो पनि, ब्याटर खेल्न खोज्दा पनि हारको कुराहरू आउने रैछ दिमागमा’ अनिलले भने, ‘अहिले लागिरहेको छ, ब्रेकपछि प्रदर्शन भइरहेको जस्तो देखिएको छ । आजभन्दा सिरियस अरु खेलमा थिएँ, ब्रेकपछि त्यो चेन्ज भएजस्तो देखिन्छ।’

जनकपुरको पहिलो जित

जनकपुर बोल्ट्सले पनि यस संस्करण पहिलो जित हासिल गरेर अंकको खाता खोल्यो । यस क्रममा जनकपुरले प्लेअफको दाबेदारका रूपमा रहेको चितवन राइनोजलाई धक्का दियो ।

टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएको जनकपुरले खेल जित्नका लागि १७७ रनको लक्ष्य पाएको थियो । एनपीएलको यो संस्करणमा यस योगफल औसतभन्दा बढी थियो ।

तर जनकपुरले बिना कुनै दबाब यो लक्ष्य पूरा गर्‍यो । १५ बल बाँकी छँदै खेल जितेको जनकपुरले प्लेअफको झिनो सम्भावना पनि कायमै राख्यो । जनकपुरको जितमा अनिलसँगै पाकिस्तानी युवा खेलाडी माज सदाकत पनि नायक रहे ।

माजले आक्रमक ओपनिङ गर्दै ३० बलमा ६ चौका र ४ छक्कासहित ६३ रन बनाए । अनिलले ६१ रनको योगदान दिए । त्यसअघि बलिङमा पनि दुवैले १-१ विकेट समेत लिएका थिए ।

अनिलले खेलपछि कुरा गर्दै अति नै आवश्यक जित हासिल गरेको बताए । ‘सबैभन्दा जरुरी थियो आफ्नो अनि टिमको पनि खाता खोल्ने’ अनिलले भने, ‘पहिले पनि जितकै लागि खेल्दा चुकिरहेका थियौं, मेरो पनि रन बनिरहेको थिएन।’

अनिलले प्लेअफ सम्भावनाबारे अहिले धेरै नसोचेको बताए । ‘दुईवटा खेल बाँकी छ, त्यो जितेपछि के हुन्छ हेर्छौं, अहिलेलाई धेरै सोचेको छैन’ उनले थपे ।

जनकपुरले अब लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेर अन्य नतिजा पनि आफू अनुकुल आउनुपर्ने हुन्छ । अब एक हारले पनि जनकपुर बाहिरिनेछ ।

आजको खेलमा पिचको अवस्था भने फरक देखिएको थियो । यसअघिका खेलहरूमा ब्याटिङ गर्न केही कठिन देखिँदै आएको थियो, आजको खेलमा भने दुवै खेलमा राम्रो ब्याटिङ भयो । रन पनि चेज भयो ।

चितवनका लागि ओपनर डाविड मलानले ८० रन बनाएका थिए भने अर्का ओपनर अर्जुन साउदले पनि ५२ रन बनाएका थिए । कप्तान कुशल मल्लले ३० रनको फिनिसिङ पारी खेलेका थिए । यद्यपी यो प्रदर्शन जितका लागि भने पर्याप्त रहेन ।

खेलपछि अनिलले पिच ब्याटिङका लागि राम्रो देखिएको बताएका थिए । ‘ब्याटमा लागिरहेको थियो, पिच राम्रो थियो भन्नुपर्छ’ उनले भनेका थिए ।

यस्तै चितवनका ब्याटर मलानले १०-१५ रन अझै कम भएको टिप्पणी गरेका थिए । ‘हामी १०-१५ रन अझै कम भएका हौं जस्तो लाग्छ । बलिङ पनि कमजोर भएको हो, ठूलो स्कोर डिफेन्ड गर्दा बाउन्ड्रीहरू धेरै बेहोर्दा कठिन हुन्छ’ मलानले भनेका थिए ।

मलानले अघिल्ला खेलहरूमा पिचले ब्याटिङका लागि केही कठिन बनाएपनि आजको खेलमा भने केही सहज देखिएको बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More