― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
HomeLatest newsकञ्चनपुुर-१ र बझाङमा एमालेका उम्मेदवार फेरिए – KhabarHost

कञ्चनपुुर-१ र बझाङमा एमालेका उम्मेदवार फेरिए – KhabarHost



४ माघ, धनगढी । नेकपा एमालेले सुदूरपश्चिमका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार परिवर्तन गरेको छ । एमालेले कञ्चनपुर-१ र बझाङमा शनिबारको सचिवालय बैठकबाट तय गरेका उम्मेदवार परिवर्तन गरेको हो ।

कञ्चनपुर-१ मा विघटित प्रतिनिधि सभा सदस्य तारालामा तामाङ र बझाङमा पार्टी केन्द्रीय सदस्य ऐन महरलाई उम्मेदवार बनाउने निर्णय गरिएको स्रोतले बतायो । शनिबारको सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर, आइतबार भने उनीहरूको नाम काटिएको हो । स्रोतका अनुसार सचिवालय बैठकको निर्णय लेख्न क्रममा ओखेडा र बोहराको नाम हटाएर महर र तामाङको लेखिएको छ ।

२०७९ को निर्वाचनमा कञ्चनपुर-१ बाट कांग्रेस-माओवादी-एकीकृत समाजवादी पार्टीको गठबन्धनकी साझा उम्मेदवार बिना मगरलाई पराजित गर्दै तामाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

महर भने गत निर्वाचनमा पराजित भएका थिए । उनी गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग पराजित भएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More