― Advertisement ―

नेटफ्लिक्सले ‘आधुनिक समयको सबैभन्दा उत्कृष्ट अपराध-थ्रिलरहरू मध्ये एक’ गुमाउन लागेको छ – र जो नेस्बोको डिटेक्टिभ होलका प्रशंसकहरूले यसलाई ASAP स्ट्रिम गर्न आवश्यक छ।

नेस्बोको डिटेक्टिभ होल Netflix'को मार्च २६ मा रिलिज भएदेखि सबैभन्दा धेरै हेरिएको टिभी शो चार्टहरू, र यो किन थाहा पाउन गाह्रो छैन।म त्यस्तो...
HomeLatest newsऔंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या – KhabarHost

औंठी लुट्न ८३ वर्षीय वृद्धको हत्या – KhabarHost


राष्ट्रिय

समाचार.

  • ललितपुरमा ८३ वर्षीय गर्जमान थापाको तीन तोलाको सुनको औंठी लुट्न हत्या भएको प्रहरीले पुष्टि गरेको छ।
  • हत्या आरोपमा भारत मोतिहारीका २३ वर्षीय सदधाम मन्सुरलाई प्रहरीले पक्राउ गरेको छ।
  • मन्सुरले चक्कुले घाँटी रेटेर हत्या गरी शव हातखुट्टा बाँधेर इनारमा फालेको प्रहरी अनुसन्धानले देखाएको छ।

२८ पुस, काठमाडौं । तीन तोलाको सुनको औठी लुट्न ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ ।

इलाम घर भएका वयोवृद्ध गर्जमान थापाको हत्यामा सुनको औंठी लुट्ने नियत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ललितपुर महानरपालिका-१७ प्रसिद्ध टोल बस्ने गर्जमान २६ पुस दिउँसो २ बजेतिर हराएका थिए । गर्जमान हराएपछि उनका आफन्तले दिउँसोभर टोल वरपर खोजबिन गरे । तर फेला परेनन् ।

गर्जमान फेला नपरेपछि साँझ ७ बजेतिर प्रहरी वृत्त सातदोबाटोमा आफन्तले उजुरी दिए । आफन्तले बेपत्ता गर्जमानको खोजी गरिदिन उजुरी दिएको दुई दिनपछि सातदोबाटो प्रहरीले उनको अवस्था पत्ता लगायो ।

गहुँगोरो वर्णका अन्दाजी ४ फिट अग्ला गर्जमान बेपत्ता हुने बेलामा नर्थफेस लेखेको कालो रङको ज्याकेट र कालै रङको जिन्सको पाइन्ट, कालो रङको जुत्ता र क्रिम रङको टोपी लगाएका थिए ।

आफू बस्ने ठाउँबाट करिब ८०० मिटर उत्तरपूर्वमा पर्ने वृत्त सातदोबाटोबाट वृद्धबारे दुई दिनसम्म केही खबर आएन । तर आज तेस्रो दिन भने हत्या गरेर फालिएको अवस्थामा ती वृद्धको शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।

वृद्ध बस्ने ठाउँ नजिकैको एक इनार भित्र सेतो बोराको पोको देखियो । ठूलो, शंकास्पद पोको फेला परेको थियो । प्रहरीले सोमबार इनारबाट उक्त बोराको पोको बाहिर निकालेर हेर्दा २६ पुसमा हराएका वृद्ध गर्जमान रहेको एसएसपी बोगटीले भने ।

बोरामा प्याक गरेर इनारमा शव फालेको भेटिएपछि प्रारम्भिक अनुसन्धानमै ती वृद्धको हत्या भएको देखिएको छ । हत्याको निष्कर्ष निकाल्दै अनुसन्धान गरेको प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पाबिहार घर भएका २३ वर्षीय सदधाम मन्सुर छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको शाखा कार्यालय ललितपुर र जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

मन्सुरसँगै युसुफ अन्सारी र मोहमद नोमानलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ती वृद्ध मन्सुर काम गर्ने कारखाना नजिकै बस्थे । कारखानामा जाने-आउने भएकाले उनीहरूबीच चिनजान थियो । सधैंजसो २६ पुसमा पनि ती वृद्ध कारखानमा पुगेका थिए । त्यही मौकामा मन्सुरले हत्या गरेको देखिएको प्रहरीले बताएको छ ।

हत्यापछि शवको हातखुट्टा बाँधेर बोरामा प्याक गरी इनारमा फालिएको थियो । वृद्धको सुनको औंठीसमेत प्रहरीले बरामद गरेको छ ।

औंठी लुट्न हत्या

गर्जमानले तीन तोलाको सुनको औंठी लगाउने गरेको उनका आफन्तले प्रहरीसमक्ष बताएका छन् । पक्राउ परेका भारतीय नागरिक मन्सुरमाथि अनुसन्धान गर्दा पनि त्यही औंठी लुट्न हत्या भएको पाइएको छ ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘औंठी लुट्नका लागि हत्या भएको देखिएको छ ।’ हत्यापछि मन्सुरले ती वृद्धको औंठी लगेका थिए ।

२६ पुस दिउँसो करिब ५ बजेतिर वृद्धको हत्या गरेको प्रहरीले बताएको छ । चक्कुले घाँटी रेटेर हत्या गरेको पक्राउ परेका मन्सुरले स्वीकारेका छन् । प्रहरीले घटनास्थलबाट चक्कुसमेत बरामद गरेको छ ।

प्लाइउड कारखानामा काम गर्ने मन्सुरले चक्कुले हत्या गरी मध्यराति लगेर शव इनारमा फालेको एक अनुसन्धान अधिकृत बताउँछन् । ‘हत्या दिउँसो ५ बजेतिर गरे । इनारमा शव भने राति ११:५५ बजे फालिएको देखिएको छ,’ ती अनुसन्धान अधिकृतले भने ।

कारखानाबाट करिब २०० मिटर पर रहेको इनारमा मन्सुरले शव फोलेका थिए । मन्सुरले मदिरा पिएर वृद्धको हत्या गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका मन्सुरविरुद्ध कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More