― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsओली, लेखक, बालेन र सुदनविरुद्धका जाहेरी तामेलीमा – KhabarHost

ओली, लेखक, बालेन र सुदनविरुद्धका जाहेरी तामेलीमा – KhabarHost



७ कात्तिक, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह –बालेन), हामी नेपालका संयोजक सुदन गुरुङ लगायतविरुद्ध परेको जाहेरी तामेलीमा परेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा गत २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको घटनालाई लिएर परेका जाहेरीहरू तामेलीमा राख्ने निर्णय भएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

‘तत्काल प्राप्त प्रमाणहरूका आधारमा अनुसन्धान गर्दा तत्काल जाहेरी अघि बढाउनुपर्ने नदेखिएपछि पछिल्ला यी सबै जाहेरीहरू तामेलीमा राखिएको छ,’ उच्च स्रोतले भन्यो ।

ओली र लेखकविरुद्ध हामी नेपालका संयोजक सुदनसहितको उपस्थितिमा जाहेरी दिइएको थियो । उक्त जाहेरी सुरुमा प्रहरीले जाँचबुझ आयोगमा पठाएको थियो भने पछि पुन: प्रहरी कार्यालयमै फिर्ता भएको थियो ।

स्रोतका अनुसार, सरकारी वकिल कार्यालयसमेतको सल्लाहमा ती जाहेरीहरू तामेलीमा राख्ने निर्णय भएको हो ।

बालेन र गुरुङविरुद्ध भने नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले जाहेरी दिएको थियो ।

उक्त जाहेरीहरू प्रहरीले बुझेको भए पनि दर्ता भने भएको थिएन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More