― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsओली गुन्डु, पोखरेल थापागाउँ, प्रतिनिधि च्यासलमा – KhabarHost

ओली गुन्डु, पोखरेल थापागाउँ, प्रतिनिधि च्यासलमा – KhabarHost



२४ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चुनिएर आएकाहरूको चहलपहल केन्द्रीय मुख्यालय च्यासलमा बढेको छ। प्रतिनिधिहरूको मुख्य चासो मूल नेतृत्वप्रति नै देखिन्छ ।

तर, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्य ईश्वर पोखरेललाई प्रतिनिधिहरूले च्यासलमा भेटेका छैनन् । बुधबार ओली गुन्डुमै भेटघाटमा व्यस्त थिए भने पोखरेल सम्पादकहरूसँग अन्तरसंवादमा थिए ।

नेताहरूका अनुसार, आगामी महाधिवेशनबाट अध्यक्ष पदका उम्मेदवार रहेका ओली र पोखरेल च्यासलमा भेटिँदैन पनि ।

ओलीले गुन्डुबाटै महाधिवेशनका गतिविधि चलाइरहेका छन् । पोखरेलले मदन भण्डारी फाउन्डेशनको हिरक जयन्ती मनाउने प्रयोजनका लागि भाडामा लिइएको थापागाउँस्थित एक घरलाई सम्पर्क कार्यालय बनाएका छन् ।

जुन भवनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितका नेताहरूले गरेका थिए । त्यही भवनबाट पोखरेलले महाधिवेशनको तयारी गरिरहेका मात्रै होइनन्, सबैजसो गतिविधि त्यहीँबाट भइरहेको निकटस्थहरू बताउँछन् ।

प्रतिनिधिको दौडधुप, च्यासल-गुन्डु-थापागाउँ 

ओली र पोखरेललाई भेट्न निवास र सम्पर्क कार्यालयमा जानुपरेकोमा सन्तुष्ट देखिएनन्, च्यासलमा भेटिएका नेता–कार्यकर्ता ।

‘नेतृत्वको इच्छा राख्नु स्वाभाविक हो । तर मुख्यालय च्यासलमै बसेर शक्ति संघर्ष गरेको भए हुने हो । कार्यकर्ताको भावना बुझ्न पनि नेतालाई सहज हुने थियो,’ सिन्धुलीबाट प्रतिनिधि बनेर आएका गोविन्दलाल माझीले सुनाए ।

उनी मात्र होइन, च्यासल पुगेका अधिकांश प्रतिनिधि र शुभेच्छुकको धारणा साझा छ ।

थापागाउँस्थित इतर पक्षको सम्पर्क कार्यालय ।

इलामबाट आएकी सरस्वती राईले गुन्डुमा बिहीबार बिहान अध्यक्ष ओलीसँग भेट्न सयंम लिएको सुनाइन् ।

‘भेट्नु पर्ने च्यासलमै हो । तर व्यक्तिगत भेटघाट पनि हुन्छ । गुन्डु जाने र सम्पर्क कार्यालय बनाउने विषयलाई अन्यथा लिनु हुँदैन,’ उनले भनिन्, ‘गुन्डुमा भोलि समय लिएको छ । नेताको कुरा बुझ्न थापागाउँ पनि जानुपर्छ ।’

सम्पर्क कार्यालय बनाउने विषय एमालेमा संस्कारको रुपमा पनि बुझ्छन् प्रतनिधिहरू ।

‘पार्टीमा शक्ति संघर्ष हुन्छ । पक्ष–विपक्ष हुन्छ । विधान महाधिवेशन भइसकेको छ । यो नेतृत्व चयन गर्ने महाधिवेशन हो । आ–आफ्नो सचिवालय बनाउने अभ्यास एमालेको राजनीतिक शैली हो,’ मुगुबाट प्रतिनिधि भएर आएका जयबहादुर नेपालीले भने ।

महाधिवेशनका लागि च्यासलमा आइपुगेका प्रतिनिधिहरू ।

जेनजी आन्दोलनमा बालकोट निवास जलेपछि ओली भक्तपुरको गुन्डु सरेका हुन् । उनले त्यहीबाट महाधिवेशनको रणनीति बनाइरहेका छन् । उनले आफू निकटका नेता कार्यकर्तासँगको भेटघाट र जमघटलाई बाक्लो बनाएका छन् । ‘पार्टी अध्यक्षको निवासमा पहिले पनि खाली हुँदैनथ्यो । अहिले महाधिवेशनको संघारमा त स्वभाविकै हो,’ युवा नेता सुनिता बरालले भनिन् ।

यता पोखरेलको सम्पर्क कार्यालय थापागाउँमा पनि नेता– कार्यकर्ताको भीड लाग्छ । प्रायजसो पोखरेल दिउँसो ४ बजेपछि सम्पर्क कार्यालयमा पुग्छन् । उनी पुगेपछि नेता तथा कार्यकर्ताको लर्को लाग्छ ।

‘मदन भण्डारीको हिरक जयन्ती मनाउन खोलिएको कार्यालय हो । तर ईश्वर कमरेडले उम्मेदवारी घोषणा गरेपछि महाधिवेशन केन्द्रित काम भइरहेको छ । यो केही दिनको लागि मात्र हो । पार्टीको काम केन्द्रीय कार्यालयबाट नै हुने हो । भेटघाट र छलफल यहाँ भइरहेको छ,’ मदन भण्डारी हिरक जयन्ती कार्यालय संयोजक कृष्ण दाहालले भने ।

पोखेरलको सम्पर्क कार्यालयबाट सञ्चार संयोजन र उम्मेदवारसँग सम्बन्धित गतिविध भइरहेको छ । पोखरेलले आफ्नो टीम बनाउने र छलफल गर्ने काम यही कार्यालयबाट गरिरहेका छन् । उनी राति ७–८ बजेसम्म सम्पर्क कार्यालयमै हुन्छन् ।

यसरी गुन्डु र थापागाउँबाट शक्ति संघर्ष चलाएकोमा प्रतिनिधि सहमत छैनन् । तर एमाले केन्द्रीय कार्यालयले भने बाहिर सम्पर्क कार्यालय बनाएकोमा नेताको बचाउ गरेको छ । मुख्य कार्यालय च्यासलमै रहेको, तर नेताहरूले भेट्ने/बस्ने ठाउँ बनाउनुलाई स्वाभाविक ठान्छन्, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी ।

‘च्यासलमा निकै सत्साह बढेको छ । नेता–कार्यकर्ता र प्रतिनधिको भिड बढेको छ । नेताहरूको उपस्थिति च्यासलमै छ । तर बस्ने भेटघाट गर्ने ठाउँ बनाउनु स्वाभाविक हो,’ उनले भने, ‘पार्टी अध्यक्ष र वरिष्ठ नेता पनि च्यासल आइरहनु भएको छ । भोलि पनि आउने कार्यक्रम छ ।’

नेतृ बराल अध्यक्ष ओलीको सम्पर्क कार्यालय बाहिर नरहेको दाबी गर्छिन् ।

‘अध्यक्षज्यूको सबै काम  केन्द्रीय कार्यालयबाट हुन्छ । बाहिर छैन,’ उनले भनिन्, ‘प्रचार प्रसारको काम प्रचार विभागले नै गरिरहेको छ ।’

एमालेका अन्य नेताहरूका अनुसार, अध्यक्ष ओलीको प्रचार प्रसारका काम गुन्डुबाट नै भइरहेको छ ।

पोखरेलको सचिवालयले भने थापागउँबाट पोस्टर, भिडियो र अपिल गर्ने लगायत काम गरिरहेको छ । ‘गुन्डुतिरको जस्तो ठूलो सचिवालय छैन । सानो टिमले प्रचार प्रसारको सामग्री बनाइरहेको छ,’ पोखरेलको सचिवालयमा रहेका एक सदस्यले भने ।

माफी मागेर प्रतिनिधि बन्न गुन्डुमा लर्को

महाधिवेशनमा मनोनीत कोटाबाट प्रतिनिधि बनाउने काम अझैं टुंगिएको छैन । प्रतिनिधि हुन नपाएकाहरू ओलीसँग लबिङ गर्न गुन्डु धाइरहेका छन् । ‘प्रतिनिधि मनोनीत गर्नुपर्नेछ । प्रतिनिधि हुन नपाएकाहरू गुन्डु पुगिरेका छन्,’ ओली निकटका एक सदस्यले सुनाए ।

ती सदस्यका अनुसार जेनजी आन्दोलनमा एमाले र ओलीविरुद्ध बोलेका र सामाजिक सञ्जालमा लेखेकाहरू गुन्डु पुगेर माफी मागिरहेका छन् । जेनजी आन्दोलनमा फरक मत राखेकालाई एमाले केन्द्रीय बैठकले नै यथास्थितिमा फर्काएर काम गर्न दिने निर्णय गरिसकेको छ ।

तर ओलीसँग सम्बन्ध सुधार गर्न केही नेता–कार्यकर्ता गइरहेको स्वीकार गर्छिन् नेतृ बराल । ‘नैतिक रुपमा नेतृत्वसँग कन्फिडेट्स बिल्डिङ गर्न गएको कुरा साँचो हो,’ उनले भनिन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More