― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्छ र ?

ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्छ र ?


तस्वीर : ओलीको सचिवालय



२० मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने बताएका छन् ।

अहिले धेरै फेरि पनि दलहरूनै आउने, तीनै पूराना शक्ति आउने भनेर प्रश्न गरिरहेको बताउँदै ओलीले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले वर्तमान सरकार असंवैधानिक, हाहुको भरमा आएको बताए ।

उनले जेनजी सरकारकै प्रधानमन्त्री पनि आफूभन्दा तीन महिनामात्रै कम उमेरको भएको भन्दै कटाक्ष गरे ।

‘अनि को फर्कने त ? अब सरकार कसको रे ? यसमा पनि दुविधा हुने ? आगो लगाएर सरकार बनाउने ? फेरि पनि यस्तै गरेर सरकार बनाउने ? अब फेरि हाहुकै भरमा सरकार बन्छ ? पार्टीको नबनेर,’ ओलीले भने, ‘अनि उनै पूराना नेता आउने रे ? केही थाहा नपाएका चाहीँ पुराना किन आएका त ? हामी चाहीँ बुढा हुने । म भन्दा साँढे तीन महिनामात्रै कान्छि चाहीँ, जित्नु न सित्नु उसै प्रधानमन्त्री हुँ भन्ने ?’

‘एमाले फेरि आउँछ आउँछ’

साथै, अध्यक्ष ओलीले अब हुने निर्वाचनबाट आफ्नो पार्टी एमाले सरकारमा आउने दाबी गरे ।

अन्य दलहरूको बारेमा आफूलाई थाहा नभएको बताउँदै उनले एमाले भने आउने आउने जिकिर गरे । र, शान्तिपूर्ण निर्वाचनको पर्खाइमा आफ्नो दल रहेको पनि उनले बताए ।

‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं । स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं,’ ओलीले भने, ‘फागुन २१ को होइन । फागुन २१ मा चुनाव हुँदैन हामीलाई थाहा छ । हामी जहिले चुनाव हुन्छ, त्यैले अबको सरकार भनेको चुनावबाट आउने सरकार एमाले नै हो ।’

ओलीले थप भनेका छन्, ‘अरु आउँछन् कि आउँदैनन् थाहा छैन एमाले चाहीँ आयो आयो । एमाले एउटा बाढीजस्तो हो । विशला नदीमा आएको बाढीजस्तो ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More