― Advertisement ―

विज्ञहरूले बच्चाहरूको लागि एआई खेलौना एपहरूले प्रयोगकर्ताहरू ट्र्याक गर्दै र व्यक्तिगत डेटा सङ्कलन गरिरहेको चेतावनी दिन्छ

Cybernews an Kids को लागि एन्ड्रोइड एप एआई/रोबोटिक खेलौना र रिपोर्ट गरिएका सबै घोषणा गरिएका अनुमतिहरूमध्ये आधालाई एन्ड्रोइड दिशानिर्देशहरूद्वारा खतरनाक मानिन्छअनुसन्धानले उनीहरूले जाँच गरेका...
HomeLatest newsएससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा

एससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ सेवा


राष्ट्रिय

समाचार.

  • स्मार्ट च्वाईस टेक्नोलोजिजले नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गरी स्विफ्ट टेक्नोलोजिजसँग सहकार्यमा इन्टरनेट बैंकिङ सेवा सुरु गरेको छ।
  • ग्लोबल आईएमई बैंकले बिजनेक्स नामक कर्पोरेट इन्टरनेट बैंकिङ सेवा ग्राहकलाई उपलब्ध गराएको छ।
  • यस सेवाले हाइराकिकल अप्रुभल, मेकर–चेकर प्रक्रिया र बिल भुक्तानी जस्ता सुविधा प्रदान गरी वित्तीय कारोबार पारदर्शिता र दक्षता बढाएको छ।

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ ।

एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सञ्चालन गरेको छ ।

यस सेवामार्फत ग्राहकहरूले हाइराकिकल अप्रुभल मेकानिजम, सिंगल तथा बल्क अपलोडमार्फत कारोबार गर्ने सुविधा, मेकर–चेकर प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन् ।

साथै, प्रयोगकर्तामैत्री इन्टरफेस, सरल कन्फिगरेसन मेनु र व्यवसायहरूको आवश्यकता अनुरूप कस्टमाइज गर्न मिल्ने विशेषता समेत उपलब्ध छन् ।

हाल यस कर्पोरेट इन्टरनेट बैंकिङ सेवामा आबद्ध हुने नेपालमा पहिलो बैंक ग्लोबल आईएमई बनेको छ । बैंकले यस सेवालाई बिजनेक्स नाममा आफ्ना ग्राहकहरूलाई प्रदान गर्दै आएको छ, जसले बैंकका कर्पाेरेट तथा व्यवसायिक ग्राहकहरूलाई अझ सहज, सुरक्षित र छरितो डिजिटल बैंकिङ अनुभव उपलब्ध गराएको छ ।

बिजनेक्स मार्फत ग्राहकहरूले दैनिक वित्तीय गतिविधिहरूलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्ने भएकाले बैंकको सेवा क्षमतामा उल्लेखनीय वृद्धि भएको छ ।

यसका साथै, यस सेवाले वित्तीय कारोबारको पारदर्शिता, दक्षता र कार्यप्रवाह व्यवस्थापन अझ मजबुत भई डिजिटल बैंकिङको नयाँ मापदण्ड स्थापनामा सहयोग पुगेको छ ।





Read More