― Advertisement ―

टिम कुकले राजीनामा दिए, जोन टर्नस एप्पलको नयाँ सीईओ बन्ने

Tim Cook>स्टेप डाउन टर्नसले सेप्टेम्बरमा सीईओको भूमिका ग्रहण गर्नेछन्कुक कार्यकारी अध्यक्ष बन्न कानाफूसीहरू सत्य थिए। लामो समय Apple CEO https://www.techradar.com/tech.com/ data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/tag/tim-cook">टिम कुक...
HomeLatest newsएरिका गुरुङ नगदसहित सम्मानित – KhabarHost

एरिका गुरुङ नगदसहित सम्मानित – KhabarHost


मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वान मा ऐतिहासिक स्वर्ण पदक जितेको एरिकालाई नगद १ लाख र सम्मानपत्रसहित सम्मान गरेको हो । यस्तै उनका प्रशिक्षक कुशल श्रेष्ठलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मानित गरिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली करातेकी स्टार एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ नगदसहित सम्मानित भएका छन् ।
  • मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज ए मा स्वर्ण पदक जितेपछि नेपाल शितोरियो कराते संघले एरिकालाई १ लाख र कुशलला२ ५० हजार नगद र सम्मानपत्र प्रदान गरेको छ ।
  • एरिका गुरुङ र सानुमाया थिङले नोभेम्बर अन्त्यमा इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपमा खेल्नेछन् ।

११ कात्तिक, काठमाडौं । नेपाली करातेका स्टार खेलाडी एरिका गुरुङ नगदसहित सम्मानित भएकी छन् । नेपाल शितोरियो कराते संघले मंगलबार हिमालयन वारियार एरिका गुरुङ र उनका प्रशिक्षक कुशल श्रेष्ठलाई नगदसहित सम्मान गरेको हो ।

मलेसियामा सम्पन्न डब्लुकेएफ कराते सिरिज वान मा ऐतिहासिक स्वर्ण पदक जितेको एरिकालाई नगद १ लाख र सम्मानपत्रसहित सम्मान गरेको हो । यस्तै उनका प्रशिक्षक कुशल श्रेष्ठलाई नगद ५० हजार र सम्मानपत्रसहित सम्मानित गरिएको हो ।

नेपाल कारते महासंघका अध्यक्ष युवराज लामा, नेपाल शितोरियो कराते संघका अध्यक्ष धावा गुरुङ लगायतले एरिका र कुशललाई सम्मान गरे । 

नेपाली कराते इतिहासमा कुने पनि खेलाडीले डब्लुकेएफ कराते सिरिज वानमा पहिलो पटक स्वर्ण पदक जितेको हो ।

यस्तै एरिकाले गत जुनमा मोरक्कोको राबातमा भएकव कराते वान प्रिमियर लिगमा पनि सहभागि हुँदै ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

यस्तै एरिकाले नोभेम्बर अन्त्यमा इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपमा समेत खेल्ने भएकी छन् ।

नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले कराते विश्व च्याम्पियनसिप क्वालिफायरमा गरेको प्रदर्शनका आधारमा उनी विश्व च्याम्पियनसिपका लागि छनोट भएको र यो नेपाली करातेका लागि ठूलो विषय भएको बताए ।

यस्तै नेपालबाट महिला एकल कातामा सानुमाया थिङले पनि कराते विश्व च्याम्पियनसिप खेल्दैछन् ।

कार्यक्रममा एरिका र कुशल श्रेष्ठसहित काता खेलाडी सानुमाया र उनका प्रशिक्षक मन्डेकाजी श्रेष्ठलाई विश्व च्याम्पियनसिपमा राम्रो प्रदर्शन गर्न शुभकामना दिइएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More