― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsएमाले महाधिवेशन उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु

एमाले महाधिवेशन उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु



काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह स्थलमा कार्यकर्ताहरु बिहानै आइपुगेका छन् । विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू सल्लाघारी क्षेत्रमा देखिन्छन् ।

उदघाटन समारोह स्थल वरपर भेला भएकाहरु साँस्कृतिक विशेषतासहितको आकर्षक मञ्चमा पुगेर फोटो खिचाउने इच्छा व्यक्त गरिरहेका छन् ।

तर मञ्च स्थलमा भने जान दिइएको छैन । त्यहाँ जान खोज्नेहरुलाई प्रहरीले अहिले रोकेको छ ।

एमालेको महाधिवेशन उदघाटन समारोह मध्याह्न १२ बजे सुरु गर्ने तयारी छ । त्यसअघि विभिन्न ठाउँबाट जुलुस निकाल्ने तयारी छ ।

उदघाटन समारोहमा पाहुनाको रुपमा १६ दलका नेताहरुलाई निम्तो दिइएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More