― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsएमाले केन्द्रीय सदस्यमा रुपन्देहीका घिमिरेको उम्मेदवारी घोषणा

एमाले केन्द्रीय सदस्यमा रुपन्देहीका घिमिरेको उम्मेदवारी घोषणा


राष्ट्रिय

समाचार.

  • नेकपा (एमाले) का बासुदेव घिमिरेले ११औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
  • घिमिरेले २०७४ मा तिलोत्तमा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएर विकासको मोडल बनाएका थिए।
  • प्रतिनिधिसभा निर्वाचन २०७९ मा उनले रुपन्देही–५ मा कांग्रेसका भरतकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए।

२४ मंसिर,बुटवल । नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर ५ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख बासुदेव घिमिरेले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

घिमिरे स्थानीय तह र संघीय संसद दुवैको अनुभव बटुलेका नेता हुन् ।

घिमिरेले २०७४ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएपछि तिलोत्तमा नगरपालिकालाई ‘विकासको मोडल’ का रूपमा स्थापित गर्न सफल भएका थिए । उनले चलाएका अभियानले तिलोत्तमालाई मुलुकभर वातावरणमैत्री सुन्दर शहरको रूपमा चिनाउन सफल भएको छ ।

प्रतिनिधिसभा निर्वाचन, २०७९ मा रुपन्देही–५ मा नेपाली कांग्रेसका नेता भरतकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए ।





Read More