― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsएमालेले महाधिवेशनमा विदेशी पाहुना नबोलाउने – KhabarHost

एमालेले महाधिवेशनमा विदेशी पाहुना नबोलाउने – KhabarHost


फाइल तस्वीर



२५ मंसिर, काठमाडौं । नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले नेता महेश बर्तौलाकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छैन । बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामनापत्र पठाउन भनिएको छ ।

एमालेको ११ औं महाधिवेशन २७ देखि २९ मंसिरसम्म काठमाडौंमा सुरु हुँदैछ । जसमा एमालेले नेपालकै विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरेको छ ।

महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको उनले जानकारी दिए । बर्तौलाका अनुसार लाखौँको संख्यामा नेता/कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउनेक्रम जारी रहेको बताए ।

महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने उनले बताए ।

बिहीबार बसेको बैठकले बाँकी रहेका कामहरू तत्काल समापन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिने निर्णय पनि गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More