― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsएमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, प्राविधिक भन्छन्- चार बज्न सक्छ

एमालेमा मतदान निर्धारित समयभन्दा ढिलो हुने, प्राविधिक भन्छन्- चार बज्न सक्छ


भृकुटीमण्डपमा प्रतिनिधिहरु ।



१ पुस, काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले मध्याह्न १२ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकेको छ । तर विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको नामावली तयार पार्नुपर्ने भएकाले पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान हुने प्राविधिकहरुले बताएका छन् ।

‘अन्तिम नामावली ढिला गरी राति एक बजे पायौं । अहिले फोटो मिलाउने काम भइरहेको छ,’ भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले भने, ‘मतदान सुरु हुन चार बज्छ होला ।’

उनका अनुसार एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्छ । ‘उम्मेदवार धेरै हुनुहुन्छ ३०–३५ मिनेट त लाग्छ,’ उनले भने ।

यसअघि निर्वाचन आयोगले भने आज १२ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More