― Advertisement ―

एन्थ्रोपिक भनेको ‘एआईको एप्पल’ हो: उच्च मूल्य, कम मात्रा, अधिकतम राजस्व

भोल्युम र AI को लागि कुनै पनि समाधानको लागि AI भन्दा बढी खर्च गर्नुभयो। जुलाई 2026 मा यसका प्रतिस्पर्धीहरू मध्ये, शीर्ष LLM प्रदायकको रूपमा...
HomeLatest newsएमालेमा दुई आयोगका ६ पदाधिकारी र ८ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

एमालेमा दुई आयोगका ६ पदाधिकारी र ८ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)



२९ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दुई आयोगका पदाधिकारी र ८ जना केन्द्रीय सदस्यहरू निर्वारोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनीहरू निर्विरोध भएका हुन् ।

जस अन्तर्गत खुला केन्द्रीय सदस्यमा खुला युवा क्लस्टर दुई जनाको कोटा छुट्याइएको थियो । जसमा नरेश रोकाया र सुशील थापाको मात्रै उम्मेदवारी परेको छ ।

त्यस्तै, मधेशी युवा क्लस्टरमा अमर कुमार यादव निर्विरोध भएका छन् । मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्विरोध भएकी छिन् ।

पार्टीको दुईवटा आयोगका पदाधिकारी पनि निर्विरोध भएका छन् । अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पद निर्विरोध भएको हो । अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, चक्रबहादुर पराजुली, राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।

लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल निर्विरोध भएका छन् । यसअघि पनि लेखा आयोगमा कँडेल नै थिए । त्यस्तै, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन् ।

खुला केन्द्रीय सदस्य (युवा)

१) नरेश रोकाया

२) सुशील थापा

मधेशी (युवा)

१) अमर कुमार यादव

मुस्लिम (महिला)

१) खाजिदा खातुन सिद्धकी

श्रमिक महिला

१) कमला देवी तामाङ

२) सिता लामा

पिछडिएको क्षेत्र (महिला)

१) बदमी क्वाँरी बुढा (बोहरा)

प्रवास (दक्षिण एसिया)

१) हरि प्रसाद घिमिरे

अनुशासन आयोग

अध्यक्ष–प्रा.डा. भरतराज पहाडी

उपाध्यक्ष–चक्रबहादुर पराजुली

सचिव–राजेन्द्र घिमिरे

लेखा आयोग

अध्यक्ष–डा. पुष्पराज कँडेल

उपाध्यक्ष–घनेन्द्र राज घिमिरे

सचिव–ईश्वरी प्रसाद खरेल





Read More