― Advertisement ―

नयाँ Google Pixel 11 मा प्रति महिना $2.20 भन्दा कममा आफ्नो डेटा सुरक्षित गर्नुहोस्

The नयाँ Pixel 11 श्रृङ्खला गुगलको सफ्टवेयरको बारेमा धेरै थोरै सफ्टवेयरको परिचय हुन सक्छ, तर अनलाइन सफ्टवेयरको बारेमा धेरै सुधार गर्न सकिन्छ। सुरक्षा।Google द्वारा...
HomeLatest newsएमालेको मतदान अन्तिम चरणमा, नतिजा केही घण्टामै – KhabarHost

एमालेको मतदान अन्तिम चरणमा, नतिजा केही घण्टामै – KhabarHost



काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहानसम्म जारी छ ।

अहिले मतदान अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार एक घण्टा भन्दा कम समयमा मतदान सकिन्छ ।

‘अब १०० मत खस्न बाँकी छ । ८० वटा मेसिनबाट मतदान भइरहेको छ,’ उनले भने । लामाका अनुसार अहिले ८० जनाले मत हालिरहेका छन् । २० जना जति होल्डिङ सेन्टरमा छन् ।

महाधिवेशनमा २ हजार २ सय ६३ जना प्रतिनिधि छन् । तर शतप्रतिशत मत नखसेको निर्वाचन आयोगका एक प्रतिनिधिले बताए । स्रोतका अनुसार करिब ३६ मत खसेको छैन ।

मतपरिणाम आजै सार्वजनिक हुनेछ । एमालेले ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More