― Advertisement ―

आइतवार, फेब्रुअरी १५ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #714)

अर्को दिन खोज्दै हुनुहुन्छ? एउटा नयाँ NYT Strands जुन प्रत्येक दिनको मध्य रातको समयमा देखा पर्दछ। मानिसहरू सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् जबकि अरूहरू...
HomeLatest newsएमालेका शीर्ष नेताहरूको नाम एकल सिफारिस – KhabarHost

एमालेका शीर्ष नेताहरूको नाम एकल सिफारिस – KhabarHost



२१ पुस, काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको कार्य जारी छ । जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रुपमा सिफारिस भइराखेको छ ।

झापा निर्वाचन क्षेत्र नं.  ५ बाट अध्यक्ष केपी शर्मा ओलीको नाम एकल सिफारिस भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ । निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

रुपन्देही-२ मा उपाध्यक्ष विष्णु पौडेलको नाम एकल सिफारिस भएको छ । दाङ-२ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस भएको छ ।

कैलाली-४ बाट उपमहासचिव लेखराज भट्ट एकल सिफारिस भएका छन् ।   भक्तपुर क्षेत्र नम्बर-२ बाट प्रत्यक्षतर्फका लागि सचिव महेश बस्नेतको नाम एकल सिफारिस भएको छ ।

गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रूपन्देही ५ बाट खिमलाल भट्टराई, सिराहा ३ बाट लीलानाथ श्रेष्ठ, दार्चुलाबाट गणेश ठगुन्ना, सल्यानबाट गुलाबजंग शाह, बैतडीबाट दामोदर भण्डारी, सुर्खेत १ बाट ध्रुव शाही, सुर्खेत २ बाट कुलमणि देवकोटा, बाँके १ बाट सूर्य ढकाल, बाँके–२ बाट दलबहादुर सुनार, कपिलवस्तु १ बाट विश्राम चौधरीको नाम एकल सिफारिस भएको छ ।

नवलपुर २बाट तिलक महत, कास्की २ बाट मिलन गुरूङ, नुवाकोट १ बाट बद्रि मैनाली, नुवाकोट २ बाट केशव पाण्डे, रौतहट १ बाट अजय गुप्ता, महोत्तरी १ बाट लक्ष्मी महतो कोइरी, इलाम २ बाट सुहाङ नेम्वाङको नाम एकल रुपमा सिफारिस भएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनका लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ताको समय छ । त्यसअगाडि नै उम्मेदवार तय गर्न दलहरू जुटेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More