― Advertisement ―

गति रणनीति होइन: मानव निर्णय एआई-नेतृत्व निर्णयहरूमा केन्द्रित हुनुपर्छ

संगठनहरूले एआई उपकरणले निर्णय लिने अपेक्षा गरिएको छ केही वर्ष पहिले अवास्तविकएआईले नाटकीय रूपमा विस्तार गरिरहेको छ कि संगठनहरूले कति चाँडो बुझ्न, व्याख्या...
HomeLatest newsएमबीबीएस फेल विद्यार्थीले तोडफोड गरे उपकुलपति कार्यालय

एमबीबीएस फेल विद्यार्थीले तोडफोड गरे उपकुलपति कार्यालय


फाइल तस्वीर



२ मंसिर, काठमाडौं । एमबीबीएमा अनुत्तीर्ण भएका विद्यार्थीले भर्नाको माग राखेर त्रिविका उपकुलपति दीपक अर्यालको कार्यकक्षमा तोडफोड गरेका छन् ।

एमबीबीएको पहिलो दोस्रो वर्षमा पाँचौं–छैटौं पटकसम्म अनुत्तीर्ण भएका विद्यार्थीले तेस्रो वर्षमा भर्ना हुन पाउनु पर्ने माग राखेर आज तोडफोड गरेको उपकुलपति कार्यालयका कर्मचारीले बताए ।

पहिलो र दोस्रो वर्ष उत्तीर्ण नभई तेस्रो वर्षमा भर्ना हुन नपाउने नियम रहेको त्रिविका अधिकारी बताउँछन् ।

यद्यपि, यो विषय चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित रहेको त्रिविका अधिकारीहरू बताउँछन् ।

‘चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित विषयलाई लिएर तोडफोड भएको हो । पहिलो र दोस्रो वर्ष उत्तीर्ण नभई तेस्रो वर्षमा भर्ना हुन मिल्दैन,’ त्रिविका एक अधिकारीले भने, ‘५–६ पटक फेल भएका विद्यार्थीले भर्नाको माग राखेका छन् । तर, यो विषय विश्वविद्यालयले होइन, चिकित्सा शिक्षा आयोगले हेर्ने विषय हो ।’

त्रिविका कर्मचारीका अनुसार कतिपय विद्यार्थी एमबीबीएस छोडेर बसेका विद्यार्थी पनि तोडफोड गर्न आएका थिए ।





Read More