― Advertisement ―

HomeLatest newsएमबाप्पेले इन्जुरी टाइममा पेनाल्टी गोल गरेपछि रियल विजयी

एमबाप्पेले इन्जुरी टाइममा पेनाल्टी गोल गरेपछि रियल विजयी


राष्ट्रिय

समाचार.

  • रियल मड्रिडले स्पानिस ला लिगामा रायो भालेकानोलाई २-१ ले पराजित गरेको छ।
  • किलियन एमबाप्पेले इन्जुरी टाइममा पेनाल्टीमार्फत विजयी गोल गरे।
  • खेलमा रायोका तीन खेलाडीले रातो कार्ड पाए र रियलले शीर्ष स्थानमा ५४ अंक जोडेको छ।

१८ माघ, काठमाडौं । किलियन एमबाप्पेले इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गरेपछि स्पानिस ला लिगामा रियल मड्रिडले रायो भालेकानोलाई २-१ ले पराजित गरेको छ ।

नाटकीय बनेको खेलमा रियलले पेनाल्टीमा विजयी गोल गर्दा भालेकानोका दुई खेलाडीले रातो कार्ड सामना गर्दै मैदान छाडेका थिए ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि भिनिसियस जुनियरले १५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै रायो भालेकानोले गोल फर्कायो । जोर्ज डे फ्रुटोसले ४९औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको अन्त्यतिर खेल केही तनावपूर्ण बन्दा रायोका खेलाडीहरुले लगातार कार्ड पाएका थिए । ८१औं मिनेटमा डानी सेबालोसलाई फल गरेपछि रायो भालेकानोका पाथ सिसेलाई सिधै रातो कार्ड देखाइएको थियो । त्यसपछि दुई मिनेटभित्रै रायोका दुई खेलाडीले पहेँलो कार्ड सामना गरे ।

९० मिनेटको खेल १-१ को बराबरी अवस्थामा थियो । खेलमा ९ मिनेटको इन्जुरी टाइम थपिएको थियो । तर इन्जुरी टाइमको आठौं मिनेटमा रायो भालेकानोका नोबेल मेन्डीले रियलका ब्राहिम डियाजलाई फल गरेपछि रियलले पेनाल्टी पायो ।

त्यसपछि नवौँ मिनेटमा भालेकानोका खेलाडीले अल्फोन्सो इस्पिनोले पहेँलो कार्ड पाए । रियलले पेनाल्टी हान्दा १० मिनेट बितिसकेको थियो । एमबाप्पेले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाए ।

खेल अझै लम्बियो । इन्जुरी टाइमको १४औं मिनेटमा रायो भालेकानोका पेप चाभारियले रातो (दोहोरो पहेँलो) कार्डको सामना गर्दै मैदान बाहिरिए ।

जितपछि रियलले २२ खेलबाट ५४ अंक अंक जोड्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी १ मा झारेको छ । रायो भालेकानो २२ खेलबाट २२ अंकका साथ १७औं स्थानमा छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More