― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
Homeखेलकुद़़एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले अध्यक्षलाई बुझाए लिखित स्पष्टीकरण

एन्फा वरिष्ठ उपाध्यक्ष खड्काले अध्यक्षलाई बुझाए लिखित स्पष्टीकरण


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकज विक्रम नेम्वाङलाई लिखित स्पष्टीकरण बुझाएका छन्।
  • खड्काले आफुले विधानले दिएको अधिकार अनुसार काम गरेको र कुनै गलत काम नगरेको उल्लेख गरेका छन्।
  • खड्काले महासचिव किरण राईलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन गर्न अध्यक्ष नेम्वाङलाई अनुरोध गरेका छन्।

१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकज विक्रम नेम्वाङलाई लिखित स्पष्टीकरण बुझाएका छन् । खड्काले एन्फा अध्यक्ष नेम्वाङलाई सम्बोधन गर्दै बिहीबार लिखित स्पष्टीकरण पेश गरेका हुन् ।

जसमा उनले आफुले विधानले दिएको अधिकार अनुसार काम गरेको र कुने गलत काम नगरेको उल्लेख गरेका छन् । यस्ते खड्काले एन्फा महासचिवले विधि विधान अनुसार काम नगरेको भन्दे उनलाई हटाउनुपर्ने माग राखेका छन् ।

खड्काले स्पष्टिकरणमा लेखेका छन्, ‘महासचिवको काम कर्तव्य र अधिकार भनेको एन्फा विधानको धारा ६६ (१) तथा ६६ (३) (क) वमोजिम सचिवालयको प्रमुखको हैसियतले कार्य गर्ने तथा अध्यक्षको निर्देशन अनुरुप साधारण सभा तथा कार्यसमितिले गरेको निर्णयहरू कार्यान्वयन गराउने रहेकोमा वहालवाला महासचिवले कुन अधिकार प्रयोग गरि पत्रकार सम्मेलन मार्फत साधारण सभा तथा कार्यसमितिले गरेको निर्णय बदर गर्ने घोषणा विधानको कुन धारा प्रयोग गरेको हुन? साधारण सभाले गरेको निर्णय तपाई अध्यक्ष वा कार्यकारिणी समितिले पनि वदर गर्न सक्ने अवस्था नरहेको हुदा महासचिवले उक्त निर्णयलाई आफ्‌नो निजी विचारले पत्रकार सम्मेलन गरि साधारण सभा समेतको अवमुल्यन गरेकोले निजलाई तपाई अध्यक्षले स्वयम् कारवाही गरि साधारण सभाको गरिमालाई कायम राख्न पर्ने अवस्थामा तपाईले म प्रति प्रतिपश्न गरेकोमा तपाई स्वयम् साधारण सभाप्रति उत्तरदायित्व नरहेको मेरो ठहर छ। नेपाली फुटबल लाई जीवन्त, चलाएमानका साथै बिधी विधान र पद्दती पूर्वक सञ्चालन गर्न महासचिव बादक रहेकोले निजलाई निलम्बन गर्ने मेरो निर्णय कार्यान्वयन होस भन्ने समेत अनुरोध गर्दछु।’

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ एक कार्यक्रममा साउदी अरेबिया पुगेका बेला कार्यवाहक अध्यक्षको हैसियतमा वीर बहादुर खड्काले महासचिव किरण राईलाई तीन दिन भित्र लिखित स्पष्टीकरण माग गरेका थिए । तर राईले स्पष्टिकरण नबुजाएपछि खड्काले महासचिव राईलाई निलम्बन गरेका थिए ।

साउदीबाट फर्केपछि एन्फा अध्यक्ष नेम्वाङले वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई स्पष्टीकरण सोधेका हुन् ।

यस्तो छ खड्काले बुझाएको स्पष्टीकरण

नेम्वाङले मागेको स्पष्टीकरण





Read More