― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
Homeखेलकुद़़एनपीएललाई पल्सरको साथ, तीन बाइक पुरस्कार दिने – KhabarHost

एनपीएललाई पल्सरको साथ, तीन बाइक पुरस्कार दिने – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ।
  • गोल्छा ग्रुपले सर्वाधिक रन, सर्वाधिक विकेट र ईमर्जिङ प्लेअरलाई एक-एक मोटरबाइक दिनेछ।
  • एनपीएल आगामी मंसिर १ देखि २७ सम्म आयोजना हुने तयारी अन्तिम चरणमा पुगेको क्यान सचिव पारस खड्काले बताए।

१३ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’को रुपमा जोडिएको छ ।

पल्सर र एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) बीच बिहीबार यस सम्बन्धी सम्झाैता भएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यान सचिव पारस खड्काले सम्झाैतापत्रमा हस्ताक्षर गरे ।

सम्झाैता अनुसार गोल्छा ग्रुपले एनपीएलमा तीन मोटरबाईक प्रदान गर्नेछ । एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र ईमर्जिङ प्लेअरलाई एक-एक थान मोटरबाईक दिने गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए ।

अभिमन्युले एनपीएलसँग जोडिन पाउँदा खुशी लागेको बताए । यस्तै क्यान सचिव पारस खड्काले पल्सरसँगको सहकार्यले क्रिकेट विकासमा सहयोग पुग्ने बताए ।

क्यान सचिव पारस खड्काले एनपीएलको दोस्रो संस्करणको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘तयारीको अन्तिम चरणमा पुगेका छाैँ । प्रतियोगिता सुरु हुनु केही दिनअघि हामी पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी गराउनेछाैं’ उनले भनेका छन् ।

उनले यसपटक एनपीएल अझ व्यवस्थित ढंगले आयोजना गरिने जानकारी दिए । एनपीएल आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More