― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
HomeLatest newsएनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य, सिजन पासलाई १५ हजार

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य, सिजन पासलाई १५ हजार


राष्ट्रिय

समाचार.

  • नेपाल क्रिकेट संघले आगामी सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक गरेको छ।
  • साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबार रु. ५०० र प्लेअफ तथा फाइनलका लागि रु. १००० तोकिएको छ।
  • प्रिमियम टिकट उद्घाटन खेल र शनिबार रु. १५००, अन्य दिन रु. १००० र प्लेअफ तथा फाइनलका लागि रु. २००० तोकिएको छ।

२७ कात्तिक, काठमाडौं । आगामी सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि टिकट मूल्य तोकिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गरेर टिकट दर सार्वजनिक गरेको हो । क्यानका अनुसार पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूको लागि मात्र टिकट बिक्री खुला गरिएको छ।

साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि रु. ५०० तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ ।

प्लेअफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्ने छ ।

त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More