News Summary
Generated by OK AI. Editorially reviewed.
- स्पानिस ला लिगामा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ।
- एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे।
- एट्लेटिकोले १० खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।
११ कात्तिक, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ ।
बेटिसको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे ।
सिमिओनीले खेलको तेस्रो मिनेटकै कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । यस्तै बाएनाले पहिलो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजको पासमा गोल गरे ।
जितपछि १० खेलबाट १९ अंक जोडेर एट्लेटिको चौथो स्थानमा उक्लेको छ । समान खेलबाट बेटिस १६ अंकसहित छैटौं स्थानमा छ । ला लिगामा रियल मड्रिड २७ अंकसहित शीर्ष स्थानमा छ भने बार्सिलोना २२ अंकसहित दोस्रो र भियारियल २० अंकहित तेस्रो स्थानमा छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

